प्रदेश २ रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने (प्रस्ताव र पत्रसहित)

हेल्थपोस्ट नेपाल
रामराज प्रसाद सिंह

सरकारले प्रदेश २ मा गणतन्त्रवादी नेता रामराज प्रसाद सिंह (आर.आर.पि.सिंह) स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । हालसम्म स्वास्थ्य विज्ञान प्रतिष्ठान नभएको भन्दै मन्त्रालयले साउन २५ गते नै विश्लेषणसहितको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा पठाइसकेकाे  छ ।

प्रतिष्ठान स्थापनाका लागि स्वास्थ्यको प्रस्तावको आधारमा साउन ४ गते नै अर्थ मन्त्रालयले समेत सहमति दिइसकेको छ ।

मन्त्रालयले पछिल्लोपटक मन्त्रिपरिषद्मा सहमतिका लागि प्रस्ताव पठाएको हो । मन्त्रिपरिषद्ले सहमतिपछि विधेयकको मस्यौदा तयार हुन्छ । मन्त्रिपरिषद्मा पठाएको राय/सहमति/परामर्शसम्बन्धी प्रस्तावमा स्वास्थ्यका विभिन्न नीति मापदण्डसहित र आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा परेकाे भन्दै अाैचित्य स्थापित गरिएकाे छ ।

यसअघि मन्त्रालयले प्रदेश २ मा नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न स्वास्थ्य मन्त्रालय कार्यदल गठन गरेर अध्ययन गरेको थियो ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादबबाट स्वीकृत भएको आरआरपी सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रमा २०७१ काे स्वास्थ्य नीति, चालूआर्थिक वर्षको बजेट कार्यक्रमको आधार तयार पारिएको उल्लेख छ ।  नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ मा स्वास्थ्य प्रतिष्ठानको स्थापना, संचालन र नियमन एवं स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धान मापदण्डसमेत ध्यान राखेर प्रस्ताव तयार पारिएको छ ।

यसअघि मन्त्रालयले प्रदेश २ मा नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न स्वास्थ्य मन्त्रालय कार्यदल गठन गरेर अध्ययन गरेको थियो ।
हाल प्रदेशमा एउटा निजीस्तरको जानकी मेडिकल कलेज मात्र सञ्चालनमा छ । केही दिनअघि मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठन भएको कार्यदलले राजविराजस्थित सगरमाथा अञ्चल अस्पताललाई प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्न सकिने सुझाब दिएको थियो । कार्यदलले जनकपुरको जानकी अञ्चल अस्पताल र वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताललाई समेत सोहीअन्तर्गत समेट्न सुझाब दिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *