कसले खाने, कसले नखाने क्वाँटी ?

परापूर्वकालदेखि नै नेपालमा जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन रहिआएको छ । विभिन्न नौ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि खाइने क्वाँटीले शक्ति र स्वाद दुवै प्रदान गर्छ ।
जनैपूर्णिमाका दिन अधिकांशको घरमा क्वाँटी खाने गरिन्छ । क्वाँटी जनैपूर्णिमाको विशेषता नै हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउको मिश्रण नै क्वाँटी हो ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । नेपाल कृषि प्रदान देश भएकाले वर्षायाममा खेतीपातीका कामले थाकेको शरीरमा ऊर्जा प्रदान गर्नका लागि क्वाँटी खाने चलन छ । ब्राह्मण समुदायसमेत लोकप्रिय रहेको क्वाँटी नेवार समुदायमा विशेष महत्वका साथ खाने प्रचलन छ ।
जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत देशका विभिन्न मन्दिरहरूमा जनैपूर्णिमा विशेष मेलासमेत लाग्ने गर्छ ।

शारीरिक रूपमा बढी मिहिनेतको काम गर्ने मानिसको शरीरमा प्रोटिनको मात्रा बढी आवश्यक पर्ने भएकाले उनीहरूले क्वाँटी धेरै खानुपर्ने हुन्छ भने कम मिहिनेत गर्ने मानिसले कम नै खानुपर्ने हुन्छ ।

क्वाँटीका फाइदाहरू
– कब्जियतको समस्या हटाउँछ ।
– मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउन सहयोग गर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– नियमित सेवन गरेमा स्मरणशक्ति बढाउँछ ।
– पाचनशक्तिमा सुधार ल्याउँछ ।
– सौन्दर्यमा निखार ल्याउँछ ।
– कुपोषण हटाउन सहयोग पुर्‍याउँछ ।

क्वाँटीलाई ४ दिनसम्म भिजाएर टुँसा उमालेर मात्र खानाले त्यसमा प्रशस्त मात्रामा प्रोटिनका साथै भिटामिन सी पनि पाउन सकिन्छ । क्वाँटी प्रोटिनको भण्डार भएकाले चाडपर्वमा मात्रै नभएर दैनिक खानेकुरामा समेत क्वाँटीलाई समावेश गर्नुपर्छ । मानिसको शरीरमा १ केजी तौलबराबर दैनिक १ ग्राम प्रोटिन आवश्यक पर्छ । क्वाँटी प्रोटिनको स्रोत हो ।
अन्य समयभन्दा जनैपूर्णिमाका दिन क्वाँटी बढी खाने चलन छ । शरीरलाई आवश्यकभन्दा बढी क्वाँटी खानाले शरीरमा प्रोटिनको मात्रा आवश्यकभन्दा बढी हुन जान्छ, जसले युरिक एसिडजस्ता रोग लाग्न सक्छन् ।
शारीरिक रूपमा बढी मिहिनेतको काम गर्ने मानिसको शरीरमा प्रोटिनको मात्रा बढी आवश्यक पर्ने भएकाले उनीहरूले क्वाँटी धेरै खानुपर्ने हुन्छ भने कम मिहिनेत गर्ने मानिसले कम नै खानुपर्ने हुन्छ ।

विशेषगरी, मिर्गौला रोगी तथा युरिक एसिडका रोगीलाई उमारेको क्वाँटी कम मात्रै खानुपर्छ । यस्ता रोगीले रोगको अवस्था हेरेर मात्रै क्वाँटी खानुपर्ने हुन्छ । विभिन्न प्रकारका गेडागुडीको मिश्रण हुने भएकाले क्वाँटीबाट प्रोटिनका अतिरिक्त कार्बाेहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस तथा मिनरल्स पनि पाउन सकिन्छ ।
शाकाहारी जीवनशैली अपनाउने मानिसको शरीरमा प्रोटिनको मात्रा कम हुने भएकाले उनीहरूले भने अन्य मानिसभन्दा बढी मात्रामा क्वाँटी खान सक्छन् । क्वाँटीमा प्रोटिनका साथसाथै अन्नमा पाइने खाद्यवस्तुसमेत पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ ।

कुनै पनि खाद्यान्नलाई मिलाएर ठिक मात्रामा खाएमा त्यो अमृतसमान हुने र आवश्यकताभन्दा बढी मात्रामा तथा नमिलाईकन खाएमा त्यो विषबराबर हुने र त्यसको प्रतिकूल असर मानव स्वास्थ्य पर्न सक्छ । क्वाँटी सामान्यतया २ देखि ४ दिनसम्म राम्रोसँग टुसा उमालेर खान सकिन्छ । उमारेको क्वाँटीमा प्रोटिनका अतिरिक्त भिटामिन सी पनि पाइने भएकाले उमारेरै क्वाँटीको प्रयोग गर्न राम्रो हो । सामान्यतया नेपालमा जनैपूर्णिमाका दिन मात्रै क्वाँटी खाने प्रचलन छ । तर यो त दैनिक खानामा उमेर र अन्य खानाका मेनु हेरर समावेश गर्दा बढी लाभदायक हुन्छ ।

पोषणविद, अल्का अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय