त्रासमा बाँचेर जीवनमा केही गर्न नसकिँदोरहेछ ।

पहिले दाजुको घरमा बसेर झापाको बिएमसी अस्पतालमा उपचार गराइरहेको थिएँ । पछि छोरीले थप उपचारका लागि काठमाडौं बोलाइन् । अहिले एक महिनादेखि त्रिवि शिक्षण अस्पतालमा ब्रेन ट्युमरको उपचार गराइरहेको छु ।
सामान्य परिवारको किसान हुँ, ५२ वर्षको भएँ । जीवनमा देश र विदेशमा पनि धेरै संघर्ष गरेँ, अहिले यो उमेरमा असाध्य रोगसँग कुस्ती गरिरहेको छु ।
मजस्तो सामान्य मानिसका ६ लाख उपचार खर्च हुनु सामान्य कुरा होइन । २०६८ सालमा मेरो बायाँ किड्नी फालेको, अहिले ६ वर्षपछि ब्रेनमा मासु पलाएको छ । मेरो जीवन रोगैरोगले भरिएझैँ लाग्छ ।

मलाई अब जीवनमा धेरै गर्न मन छैन र सायद सक्दिन पनि । मेरा रहरहरु अब मरिसकेका छन्, मात्र एक मुठ्ठी श्वास बाँकी छ । पहिले विदेश भनेको सुखको महासागरझैँ लाग्थ्यो । आज लाग्छ, मेरो रोगको कारण विदेश हो ।

मलाई रोग सुरु हुनुको कारण वैदेशिक रोजगारी हो । विदेशमा हँुदा नै रोगको लक्षण देखापरेको थियो । मैले त्यसवेला उपचारका क्रममा मासु मात्र फाल्ने हो भने मात्र उपचार गर्छु भनेको थिएँ । किनभने, म मेरो किड्नी फाल्ने इच्छा थिएन । पछि शिक्षण अस्पतालमा आएर किड्नी फालेको थिएँ । कुनै दिन उपचारकै क्रममा म मेरो जीवन फाल्छु जस्तो लाग्छ । साउदीमा साढे ६ वर्ष बसेँ । पैसा पनि कमाएँ । तर, अहिले सम्झँदा लाग्छ, त्यतिवेला पैसा कमाएको होइन, जीवन फालेको रहेछु । जब किड्नी फालेँ, त्यसपछि अर्को पनि किड्नी खेर जान्छ र जीवनै सकिन्छ भन्ने चिन्ता लागेको थियो । हुन त त्यस्तो केही भएन, तर त्यो सधैँभरिको चिन्ताले मेरो दिमागमा नराम्रो असर पु¥यायो । चिन्ता र त्रासमा बाँच्न नहुनेरहेछ । त्रासमा बाँचेर जीवनमा केही गर्न नसकिँदोरहेछ । आज म यस्तो अवस्थामा छु, मेरो परिवार नभएको भए आज म रहँदिनथेँ जस्तो लाग्छ । परिवारका कारण रोग बोकेरै भए पनि मुस्कुराउन पाएको छु । खुसी हराउँदै गएको क्षणमा आफन्तहरु भेट्न आउँदा मेरो कोही रहेछ भनेर धेरै खुसी लाग्छ ।
म गाउँमा स्वच्छ हावापानीमा मज्जाले बस्न पाइनँ । त्यही कारणले पनि म विभिन्न रोगको सिकार भएँ । सहरको राम्रो पक्ष भनेको बिरामी हुँदा छिटो अस्पताल जान पाउनु मात्र हो । मलाई राम्रो भएछ भने खुसीसाथ जीवन बिताउने चाहना छ ।
मलाई अब जीवनमा धेरै गर्न मन छैन र सायद सक्दिन पनि । मेरा रहरहरु अब मरिसकेका छन्, मात्र एक मुठ्ठी श्वास बाँकी छ । पहिले विदेश भनेको सुखको महासागरझैँ लाग्थ्यो । आज लाग्छ, मेरो रोगको कारण विदेश हो । हामीले विदेशलाई धेरै महत्व दिन नहुने रहेछ । परदेश भनेको त क्षणिक सुखको सहर मात्र रहेछ । ७ वर्षदेखि म रोगसँग लड्दै आएको रहेछु ।
शरीरभन्दा सम्पत्तिलाई महत्व दिएका कारण मलाई यस्तो भयो । आज मानिसलाई सम्पत्ति होइन, आराम, स्वस्थ खानेकुरा र मायाको आवश्यकता छ । बेलैमा पैसाभन्दा जीवनलाई माया गर्न थाल्ने हो भने मैले जस्तो पीडा अरूले भोग्नुपर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय