बारम्बार मेरो जीवनमा बज्रपात भएको छ

म ६१ वर्षको भएँ । किड्नीमा भएको पत्थरीको उपचारका लागि १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छु ।  अरू त काम गरेर थाक्छन्, म भने अस्पतलको बेडमा सुत्दा–सुत्दै थाकेको छु ।२०३० सालमा एउटा किड्नी फालेदेखि नै मेरा अनगिन्ती सपनाहरु हराएजस्तो लाग्छ । बारम्बार मेरो जीवनमा वज्रपात भएको छ ।

मेरो जन्मभूमि पोखरालाई प्रकृतिले साथ दियो तर मलाई मेरो शरीरले साथ दिएन । त्यहाँ उपचारका लागि उपयुक्त ठाउँ भइदिएको भए म आज यहाँ आउनुपर्ने थिएन । ठाउँमा आइपुगेको छु, निको हुन्छ भन्नेमा आशावादी छु ।

किड्नी झिकेर फाल्दा मलाई भाग्य नै फालेजस्तो लागेको थियो । दिन बित्दै जाँदा पुनः अर्को किड्नीमा ढुंगाले वास गर्यो जुन मेरा लागि दुर्भाग्य बन्यो । किड्नीमा २–३ एमएमको हुँदै ५ एमएमको पुगेपछि पानी र जडीबुटीले समेत काम गरेन । अहिले मेरो किड्नीले १८ एमएमको ढुंगा बोकिरहेको छ । आज जीवनको उत्तरार्धमा जीवनसँग संघर्ष गर्दै छु ।
मेरो जन्मभूमि पोखरालाई प्रकृतिले साथ दियो तर मलाई मेरो शरीरले साथ दिएन । त्यहाँ उपचारका लागि उपयुक्त ठाउँ भइदिएको भए म आज यहाँ आउनुपर्ने थिएन । ठाउँमा आइपुगेको छु, निको हुन्छ भन्नेमा आशावादी छु । मलाई अव्यवस्थित जीवनशैली र खानपानका कारण नै यस्तो भएजस्तो लाग्छ ।
मानिसले मायामोह र लोभका कारणले दुःख पाइरहेको छ । अज्ञानताजस्तो ठूलो शत्रु अरू केही छैन । बल्ल अहिले आएर बुझ्दै छु । मजस्ता धेरैलाई रोग लागेको छ भनेर मन बुझाउन सक्ने भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय