पिसाब चुहिने समस्या

म पिसाब चुहिने समस्याले पीडित छु । यतिसम्म कि सुतेको समयमा पनि कतिवेला खुस्किन्छ, थाहै पाउँदिनँ । अघिपछि पनि पिसाब ननिख्रिएजस्तो हुन्छ । के कारणले यस्तो हुन्छ ?
दीपिका
४२ वर्ष, गौर

तपाईंको उमेर र लक्षणका आधारमा तपाईंलाई आङ खस्ने समस्या भएको हो कि भन्न सकिन्छ । तपाईंले विगतमा चर्को भारी बोक्नुपरे–नपरेको, बच्चाबच्ची के–कति भएको भन्ने कुराले पनि यसमा अर्थ राख्छ । अहिले आङ खसेको महसुस भइनसकेको भए पनि प्रारम्भिक अवस्था भएकाले यस्ता लक्षण देखिएका हुन सक्छन् । त्यसबाहेक पिसाबथैली तल झरेको, बच्चा पाएको भए पाउनेक्रममा बल गर्दा पिसाबनली तल झरेकाले पनि यस्तो भएको हुन सक्छ । पिसाबनली र पेटको सन्तुलन बिग्रिएर पनि पिसाब चुहिने समस्या हुन सक्छ । यस्तो अवस्थामा स्त्रीरोग विशेषज्ञसँग परामर्श एवं विभिन्न जाँच गरेर मात्रै यकिन गर्न सकिन्छ । मेरुदण्डको समस्या र डाइबेटिजले पनि यस्तो हुन सक्छ । पुरुषमा चाहिँ पिसाब चुहिने कारण अधिकांश अवस्थामा प्रोस्ट्रेड ग्रान्थिको समस्याले हुन्छ । संक्रमण र पिसाबथैलीको पत्थरीले पनि पिसाब चुहिने समस्या हुन सक्छ ।

तपाईंका पनि कुनै स्वास्थ्य समस्या छन् र चिकित्सकसँग परामर्श लिन चाहनुहुन्छ भने– healthpostn@gmail.com मा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय