बच्चालाई चाहिने पौष्टिक तत्व

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ ६ गते १०:३६

आजकाल ठुला मानिसमा देखिने रोग पनि साना बालबालिकामा देखिन थालेको छ । बच्चा बेलैमा मधुुमेहजस्ता रोगबाट बच्चा पीडित हुन थालेका छन् । यसको प्रमुख कारण हो, बालबालिकाको खानपान र जीवनशैलीमा आएको परिवर्तन । आजकाल बच्चाहरु पौष्टिक खानाको साटो जंकफुड बढी खान्छन्, जसबाट नयाँ नयाँ स्वास्थ्य समस्या देखिन थालेको छ । त्यसैले बालबालिकालाई सन्तुलित आहार आवश्यक हुन्छ । यसैबाट बच्चाको विकास निर्भर हुन्छ । अधिकांश बच्चा खाना खान आनाकानी गर्छन् । यस्तो अवस्थामा उनीहरुलाई मनपर्ने खाना र पौष्टिकताको सन्तुलन जरुरी हुन्छ । थाहा पाउनुुस् बच्चाका लागि जरुरी पौष्टिक तत्व ः
क्यालोरी: ५ वर्षभन्दा बढी उमेरका बालबालिकाका लागि पुर्ण क्यालोरी आवश्यक हुन्छ, जसबाट उनीहरु बढीभन्दा बढी सक्रिय रहन सकुन् । हाई क्यालोरीको अर्थ फ्राइ गरेको खाना भने होइन । बरु उनीहरुलाई दुध र अनाजयुक्त खाद्यपदार्थ दिनुपर्छ ।
प्रोटीन : बढ्दो उमेरका बालबालिकालाई प्रोटीन आवश्यक हुन्छ । बच्चाको मांसपेशकिो सही विकासका लागि हड्डी मजबुुत बनाउन प्रोटीन चाहिन्छ । यसका लागि पनीरयुक्त खाद्यपदार्थ, अण्डा, मासु, माछा इत्यादि दिनुपर्छ ।
भिटामिन र खनिज : बच्चाको सम्पुर्ण विकासका लागि भिटामिन र खनिज तत्व भरपुर दिनुपर्छ । उनीहरुलाई क्याल्सियमयुक्त पौष्टिक पदार्थ दिनुपर्छ । भिटामिन र आइरनका लागि बच्चालाई अधिकमात्रामा हरियो सागसब्जी दिनुपर्छ ।
फल : फलमा भिटामिन, आइरन र अन्य पौष्टिक तत्व पाइन्छ । बालबालिकालाई बढीभन्दा बढी फलको जुस तथा मौसमी फलको सेवन गराउनुपर्छ । अंगुुर, स्याउ, सुुन्तलाजस्ता फल खुवाउन सकिन्छ ।
पानी र फाइबर : बच्चाको स्वास्थ्यका लागि पानीको धेरै महत्व छ । पानीका अलावा सुपजस्ता तरलपदार्थको सेवन गराउनुपर्छ । यसका सथौ फाइबरयुुक्त पदार्थ दिनाले बच्चामा पानीको कमी हुुन पाउँदैंन ।

बच्चालाई सन्तुलित आहारा दिने टिप्स
बच्चालाई सन्तुलित आहार दिनका लागि दैनिक उनीहरुको रुचीको पौष्टिक खाद्यपदार्थ दिनुपर्छ ।
जबर्जस्ती नभई मायाले सम्झाएर खुवाउनुपर्छ ।
खानालाई सकेसम्म आकर्षक बनाउनुुपर्छ । जस्तो सलाद, काचो फल, सागसब्जी काटेर आकर्षक बनाउन सकिन्छ ।
बच्चालाई बाहिर खेल्ने स्वीकृति दिनुपर्छ, ताकि बढी भोक लागेर खान सकोस् ।
सकेसम्म जंकफुडबाट टाढै राख्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय