पेयपदार्थको गुणस्तर १५ सेकेन्डमा पत्ता लगाउने प्रविधि नेपालमा

हेल्थपोस्ट नेपाल

पानी, दूधदेखि औषधिसमेतको गुणस्तर मापनमा सहयोगी हुने नयाँ प्रविधि नेपाल भित्र्याइएको छ ।
हाइजिना नामक अमेरिकी गुणस्तर मापन प्रविधि खिलुङ कालिका सप्लायर्सले नेपाल भित्र्याएको हो । नयाँ प्रविधि अस्पताल, औषधि कम्पनी, होटेललगायत ठाउँमा जस्तोजुकै पेयपदार्थको जाँचमा उपयोगी हुने आयातकर्ताको भनाइ छ ।
यो प्रविधिको सहायताले पानी, दूध, औषधिलगायत पेयपदार्थमा कीटाणुको उपस्थिति एटिपी प्रणालीबाट १५ सेकेन्डभित्र पत्ता लगाउन सकिन्छ ।
बेलायतसहित संसारका सयभन्दा बढी देशमा यो प्रविधि प्रयोग भइरहेको छ । यो प्रविधिको मूल्य नेपालमा करिब १० लाख पर्ने आयातकर्ताको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *