ट्रमा सेन्टरमा एमआइएसएस प्रविधि

हेल्थपोस्ट नेपाल

मेरुदण्डको शल्यक्रियामा संसारभर प्रचलित अत्याधुनिक प्रविधिमा स्पाइन न्युरोमोनिटरिङ, होल स्पाइन एक्स रे र मिनिमल्ली इन्भेजिभ स्पाइन सर्जरी (एमआइएसएस) पर्छन् ।
दुर्घटनासँगै संक्रमण, हड्डी खिएर हुने विकृतिसहित ट्युमरका कारण मेरुदण्डमा हुने समस्याको शल्यक्रियामा यी प्रविधि प्रभावकारी मानिन्छन् । परम्परागत विधिबाट शल्यक्रिया गर्दा धेरै भाग खोल्नुपर्दा (लंगर इन्सिजन), बढी रक्तश्राव हुनुका साथै धेरै मांशपेसी नष्ट भएर जान्छन् । जसका कारण घाउ निको हुनसमेत समय लाग्ने चिकित्सकहरू बताउँछन् ।
नयाँ एमआइएसएस प्रविधिको प्रयोग गर्दा ढाडको छाला थोरै चिरेर सानो प्वाल पारेर शल्यक्रिया गरिन्छ, जसबाट परम्परागत प्रविधिबाट हुने बेफाइदा घटाउन सकिन्छ ।
एमआइएसएस प्रविधिको प्रयोगले बिरामीको खर्च र तनाव दुवै कम गराउने चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार यो प्रविधि मेरुदण्डको समस्या÷विकृति (स्पाइनल स्टेनोसिस, डिस्क प्रोल्याप्स, स्लिप्ड भर्टेब्रा)का लागि प्रयोग गरिन्छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा सर्वप्रथम एमआइएसएस प्रविधिको उपयोग ढाडको नसा च्यापिएको बिरामीको शल्यक्रियामा गरिएको अस्पतालले जनाएको छ । मेरुदण्डको शल्यक्रियाका लागि अत्याधुनिक प्रविधि एमआइएसएस भएका सेन्टरमा विशेषज्ञ स्पाइन सर्जनसमेत उपलब्ध हुनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *