सकियो मेडिकल टुरिजम एसिया एक्स्पो

हेल्थपोस्ट नेपाल

स्वास्थ्य पर्यटन प्रवद्र्धन र प्रविधिबारे जानकारी गराउने उद्देश्यले मेडिकल टुरिजम एसिया एक्स्पो काठमाडौंमा सम्पन्न भएको छ ।
दुईदिने एक्स्पोको आयोजना एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स नेपालले गरेको थियो । प्रदर्शनीमा नेपालसहित भारत, बंगलादेश, सिंगापुर, थाइल्यान्डलगायत देशका अस्पताल, औषधि कम्पनी र सर्जिकल इक्युप्मेन्ट कम्पनीले प्रविधि एवं सेवाबारे जानकारी गराएको आयोजक संस्थाका अध्यक्ष कृष्ण पाण्डेले बताए ।
अन्तर्राष्ट्रियस्तरको एक्स्पोले नेपालमा स्वास्थ्य पर्यटनको विकासमा टेवा पुगेको दाबी आयोजकको छ ।
प्रदर्शनीका क्रममा स्वास्थ्य पर्यटनका अनुभवी चिकित्सक, स्वास्थ्यव्यवसायी र सरोकारवालाले आफ्नो अनुभव आदान–प्रदान गरेका थिए । विज्ञहरूले नेपालमा राम्रो हावापानी हुनु र स्वास्थ्य सेवा पनि सुलभ हुनुले नेपालमा मेडिकल टुरिजमको सम्भावना प्रचुर रहेको दाबी गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *