स्वास्थ्यसंस्थामा गर्भजाँच गराए अण्डा

हेल्थपोस्ट नेपाल

गर्भवती अवस्थामा पोषण र स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन तेह्रथुमको स्थानीय सरकारले गर्भवतीलाई अण्डा वितरण कार्यक्रम सुरु गरेको छ ।
म्याङलुङ नगरपालिका–९ कार्यालयले गर्भवतीलाई स्वास्थ्यजाँच एवं गर्भको ख्याल राख्ने विषयमा चेतना जगाउन यस्तो कार्यक्रम ल्याएको हो ।


कार्यक्रमबाट नियमित गर्भपरीक्षण, हेरचाह, गर्भावस्थामा पोषणको महत्वबोध तथा स्वास्थ्यसंस्थामा लगी सुत्केरी गराउनेको संख्यासमेत वृद्धि हुने विश्वास वडा कार्यालयले लिएको छ । चिकित्सकका अनुसार गर्भवती महिलाले कम्तीमा चारपटक गर्भजाँच गर्नुपर्छ । त्यसैगरी, आमा र बच्चाको जीवनरक्षाका लागि स्वास्थ्यसंस्थामा सुत्केरी गराउनुपर्छ । नेपाल सरकारले गर्भजाँच र स्वास्थ्यसंस्थामा सुत्केरी गराएबापत विभिन्न सुविधा दिँदै आएको छ ।

वडा कार्यालयले कार्यक्रमअनुसार प्रत्येकपटक स्वास्थ्य जाँच गर्न आउँदा एक महिलालाई १० वटाका दरले अण्डा दिने गरेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । तामाङले आगामी दिनमा पनि सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रममार्फत जनतालाई सेवा दिने बताए । उनले यस्तो कार्यक्रमले मातृ तथा बालमृत्युदर घट्ने विश्वास व्यक्त गरे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *