के कारण झर्छ पाठेघर ?

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ ३ गते १२:०४

महिलामा हुने विभिन्न प्रजनन समस्यामध्ये पाठेघर खस्ने वा आङ झर्ने समस्या एक हो ।
विशेषगरी ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलामा यो रोगको संक्रमण बढी हुने गर्छ । ग्रामीण भेगका महिलाले यसलाई रोगका रूपमा नभई बच्चा भएपछि हुने साधारण समस्याका रूपमा लिने गरेको पाइन्छ ।

के हो पाठेघर खस्ने समस्या ?
पाठेघर खस्नु भनेको महिलाको शरीरमा रहनुपर्ने निश्चित ठाँउ छाडेर पाठेघर योनिबाट बाहिर निस्कनु वा भित्रै रहे पनि आफ्नो ठाउँ छाडेर पाठेघर तल खस्नु हो । सामान्यतया यो रोग धेरै बच्चा पाएका महिलामा हुने भए पनि जोसुकैलाई यसले सताउन सक्छ ।

के कारण हुन्छ पाठेघर खस्ने समस्या ?
पाठेघर खस्नुको मुख्य कारण गर्भाशयलाई बाँधेर राख्ने नसाहरू कमजोर भएर त्यससँग जोडिएका अंगहरू बिस्तारै तल खस्नु हो । पाठेघर खस्नुका मुख्य कारणहरू ः
– कम उमेरमा विवाह हुनु ।
– छोटो जन्मान्तरमा बच्चा जन्माउनु ।
– बच्चा जन्मिसकेपछि चाँडै साल झर्न बल प्रयोग गरी साल निकाल्नु ।
– सुत्केरी अवस्थामा बढी शारीरिक श्रम गर्नु ।
– गर्भवती तथा सुत्केरी अवस्थामा राम्रो स्याहार नहुनु ।

पाठेघर खस्दा देखिने लक्षणहरू:
– ढाड बढी दुख्नु ।
– वेला–वेलामा पिसाब लागेको अनुभव हुन्छ ।
– कम्मर बढी दुख्नु ।
– तल्लो पेट अस्वाभाविक रूपमा धेरै दुख्नु ।
– सेतो पानी बग्नु ।

बच्ने उपाय :
– पोषणयुक्त खानेकुरा खाने ।
– २० वर्षभन्दा कम उमेरमा विवाह नगर्ने ।
– गर्भवती अवस्थामा कम्तीमा पनि ४ पटक स्वास्थ्यजाँच गराउने ।
– सुत्केरी अवस्थामा ३ पटक स्वास्थ्यजाँच गराउने ।
– तलिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र प्रसूति गराउने ।
– गर्भावस्था तथा सुत्केरी अवस्थामा पोसिलो खानेकुरामा विशेष ध्यान दिने ।
– गर्भावस्था तथा सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने ।
– सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।
– गर्भावस्था तथा सुत्केरी अवस्थामा बढी शारीरिक परिश्रम नगर्ने ।
– कम्तीमा २ वर्षको जन्मान्तर कायम गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय