प्रविधिले थप्दै छ किशोरकिशोरीका समस्या

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ ३ गते ११:२४

आधुनिक सूचनाप्रविधिको पहुँच र प्रयोगसँगै किशोरकिशोरीमा विभिन्नखाले स्वास्थ्य र सामाजिक समस्या बढ्दै गएका छन् ।
विज्ञहरूका अनुसार स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने अनिच्छित गर्भाधान, गर्भपतन, आकस्मिक गर्भनिरोधक चक्कीको दुरुपयोगजस्ता समस्या बढ्दै गएका छन् । प्रविधिको अधिक प्रयोगले मानसिक तनावलगायत समस्यासमेत बढिरहेको विज्ञहरू बताउँछन् ।

प्रविधिको दुरुपयोग, पोर्नोग्राफीको प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग र नियमित पठन–पाठनसमेत प्रभावित हुने गरी प्रविधिमाथिको लिप्तताले जटिलता निम्त्याएको छ । विज्ञहरूले आधुनिक प्रविधिको प्रयोगले साक्षरतादर र चेतनास्तर बढे पनि नेपालका किशोरकिशोरीमा नयाँ स्वरूपका समस्या बढ्दै गएको बताएका छन् ।
जनसंख्याको करिब एकचौथाइ हिस्सा ओगट्ने किशोरकिशोरीमा चेतना र पहुँचको वृद्धिअनुसार कम उमेरमै हुने विवाह र असुरक्षित गर्भधारण उल्लेख्य घट्न सकेको छैन ।

चिकित्सकका अनुसार कम उमेरमा विवाह गरेकै कारण यौन परिपक्वता नभएकाले आमा र बाबु बन्न सक्षम नभएका किशोरकिशोरी सामाजिक तथा मानसिक समस्यामा पर्छन् । किशोरी अवस्थामा गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ ।

सरोकारवाला मन्त्रालय र थुप्रै दातृनिकायले समेत किशोरकिशोरीको स्वास्थ्यमा जोखिम मानिएका छिटो विवाह, छिटो गर्भधारण, आत्महत्या, अपराधजस्ता घटना थपिँदै गएको भन्दै छुट्टै नीति बन्नुपर्ने माग गर्दै आएका छन् । चिकित्सकका अनुसार कम उमेरमा विवाह गरेकै कारण यौन परिपक्वता नभएकाले आमा र बाबु बन्न सक्षम नभएका किशोरकिशोरी सामाजिक तथा मानसिक समस्यामा पर्छन् । किशोरी अवस्थामा गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ ।
सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतन परिवारनियोजनकै विकल्पका रूपमा अपनाउने प्रवृत्तिसमेत बढेको जनस्वास्थ्यविद् भोगेन्द्र डोटेलले बताए । सरकारी सर्वेक्षणका क्रममा थुपै किशोरकिशोरीले परिवारनियोजन सेवाबारे जानकारी भए पनि त्यसलाई अपनाउने नगरेको पाइएको डोटेल बताउँछन् ।
किशोरकिशोरीले भोगेका अधिकांश समस्या विश्वव्यापी रूपमा अधिकारका रूपमा स्थापित भइसके पनि नेपालमा कुनै नीति छैन । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको एकचौथाइ जनसंख्या १० वर्षदेखि १९ वर्ष उमेरका किशोरकिशोरीको छ ।
यस आधारमा कुल जनसंख्याको २५ प्रतिशत हिस्सा किशोरकिशोरीले ओगटेका छन् । नेपालको कानुनअनुसार विवाहका लागि न्यूनतम १८ वर्ष उमेर पुगेको हुनुपर्छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार किशोरकिशोरीमध्ये २९ प्रतिशतले उमेर नपुग्दै विवाह र १७ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्छन् । उमेर नपुगी विवाह गर्न र बच्चा जन्माउन हुँदैन भन्ने ज्ञान भने बढेको छ ।

चिकित्सकका अनुसार कम उमेरमा विवाह गरेकै कारण यौन परिपक्वता नभएकाले आमा र बाबु बन्न सक्षम नभएका किशोरकिशोरी सामाजिक तथा मानसिक समस्यामा पर्छन् । किशोरी अवस्थामा गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ । ती किशोरीमा अत्यधिक रक्तश्राव, पाठेघरको क्यान्सर र कम तौलको बच्चा जन्मिने, पर्याप्त विकास नहुने समस्या हुन्छ ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण–२०६८ का अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे ५ लाख किशोरी १९ वर्षअगावै आमा बन्ने गरेका छन् । त्यस्तै, ०६८ को तथ्यांकअनुसार कुल विवाहित जनसंख्या १ करोड ३३ लाख ३८ हजार ४ सय ९६ मध्ये ८० लाख १८ हजार ३ सय १३ अर्थात् ६० दशमलव १२ प्रतिशतले बालविवाह गरेको देखिएको छ ।

तथ्यांकअनुसार १४ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनको कुनै विन्दुमा आत्महत्याबारे सोचेका हुन्छन् । प्रत्येक पाँच किशोरकिशोरीमध्ये एकजनाभन्दा बढीले मादकपदार्थ प्रयोग गर्छन् र झन्डै ४ प्रतिशतले कडा लागुपदार्थ प्रयोग गर्छन् । विज्ञका अनुसार लैंगिक विभेद, यौनशिक्षामा सीमित सूचना तथा सेवामा पहुँच, अनिच्छित गर्भ, लागुपदार्थ सेवन र मादकपदार्थको प्रयोग किशोरकिशोरीका प्रमुख समस्या हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय