मेवाबाट हुने उपचार

हेल्थपोस्ट नेपाल

पाकेको मेवा दिनहुँ ठिक मात्रामा खानाले पेटको जलन ठिक हुन्छ । मेवाको दैनिक सेवनले भोक जगाउँछ, खाएको राम्ररी पच्छ । पेट फुलेमा आराम दिन्छ । पिसाब सफा बनाउँछ । पेट पोल्ने, फियोको समस्या, पत्थरीजस्ता समस्याबाट चाँडै मुक्ति मिल्दछ । यसले शरीरलाई सन्तुलनमा ल्याउँछ ।
– मेवाको पातलाई पिँसेर त्यसको २–४ चम्चा रसमा मिश्री मिलाई दिनको दुई–तीनपटक केही दिनसम्म सेवन गर्नाले ज्वरो चाँडै ठिक गर्छ, हृदयलाई शान्त पार्छ ।
– २–३ चम्चा मेवाको चोपलाई गाईको दूधमा मिलाई खाएमा पेटका जस्तोसुकै रोग पनि ठिक हुन्छन् ।
– शरीरका विभिन्न भाग चिलाएमा वा दाद आएमा त्यस्तो ठाउँमा काँचो मेवाको चोप लगाउनाले दाद पूर्ण रूपमा हराउँछ र चिलाउन पनि छोड्छ ।
– मेवाको काँचो फूल काटेर सुकाई कुटपिस गरी तयार पारिएको २–३ चम्चा धुलोलाई तातोपानीमा मिलाई दिनको दुईपटक खानाले पुरानो अतिसार रोग पनि नष्ट हुन्छ ।
– काँचो मेवाको तरकारीमा ज्वानो झानेर केहीदिन खानाले स्त्री (सुस्केरी महिला)को दूध बढ्दछ र बच्चा पनि पुष्ट भएर आउँछ ।
– काँचो मेवाको रसमा बराबरी मिस्री मिलाई दिनको तीनपटक मनतातो पानीसँग केही दिनसम्म पिउनाले फियो र कलेजोको रोग निको हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *