पिसाब पोल्ने समस्यामा दूबो

हेल्थपोस्ट नेपाल

४०–५० ग्राम दूवोलाई कुटपिस गरी मिश्री पानीमा मिलाई ४५ दिनसम्म सेवन गर्नाले जुनसुकै पत्थरी पनि निर्मुल हुन्छ ।
२–३ चम्चा दूवोको रसलाई दूधमा मिलाएर दिनको दुई तीन पटक पिउनाले पिसाब पोल्ने समस्या हट्छ । पिसाब राम्रोसँग खुलेर आउँछ । कडाखालको ग्यास्ट्राइटिसमा आयुर्वेद चिकित्सकहरु नियमितरुपमा दूबोको जुस खान सुझाउछन् ।

दूबोको कलिला पातहरुलाई पिँधेर निस्केको रसलाई २÷३ थोपाको दरले नाकमा राख्नाले नाथ्रीफुटेमा आराम मिल्छ । नाकबाट रगत आउन छोड्छ ।
२÷४ चम्चा दूबोको रसमा मिश्री मिलाई पिउनाले छाती पोलेको ठीक हुन्छ ।
१०÷१२ ग्राम दूबोको रसमा एक चम्चा श्रीखण्डको धूलो र मिश्री मिलाई पिउनाले रगतसम्बन्धी रोगमा राम्रो फाइदा गर्छ । केही दूवोको पातहरुलाई मसिनो गरी पिँधेर काटेर रगत बगिरहेको घाउमा लेप गर्नाले घाउबाट रगत बग्न छाड्छ ।
घाउ चाँडै निको हुन्छ । दूवोको कलिला पातहरुलाई मेथीसँग मिलाएर पिँधी पिलो आएको ठाउँ वरिपरि लगाउनाले पिलो ठीक हुन्छ । त्यस्तै दूवोका कलिला पातहरुलाई दूधमा पकाएर खाएमा टाउको दुखेको पनि निको हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *