उपचारमा गोमूत्र

हेल्थपोस्ट नेपाल

गोमूत्र (गहुँत)मा नाइट्रोजन, फस्फेट, क्याल्सियम, मेग्निसियम, युरिया, युरिक अम्ल, पोटासियम, सोडियम, लेक्टोज एवं हार्माेनजस्ता तत्व हुन्छन् । त्यसैले,
– प्रतिदिन दुईपटक खालीपेटमा १०–१५ मिलिलिटर गोमूत्रको नियमित सेवन गर्नाले क्यान्सर, दम, मिर्गौला, जलोदर तथा लिभरसोध आदि अनेकौँ रोग पूर्ण रूपमा निको हुन्छन् । यसले अन्य साधारण रोगबाट पनि बचाउँछ ।
– तामाको भाँडोमा गहुँतलाई आधाभन्दा केही कम नहोउन्जेल पकाएर कपडाले छान्ने र सिसामा भरी बिहान–बेलुका १–१ वा २–२ थोपा आँखामा राख्नाले आँखाका सम्पूर्ण रोगमा लाभ हुन्छ ।
प्रयोग विधि :
लोकल गाईको ताजा गहुँत लिने, त्यसलाई आठपटक फोल्ड गरिएको पातलो कपडामा छान्ने, त्यसरी छानिएको १०–१५ मिलिलिटर गहुँतमा मह मिलाएर दिनहुँ सेवन गर्ने । गाई उपलब्ध नहुने अवस्थामा यसलाई सिसीमा राखेर केही महिनापछिसम्म पनि प्रयोग गर्न पनि सकिन्छ ।

तर,
– भर्खर ब्याएको र ब्याउन १–२ महिना बाँकी रहेको गाईको गहुँत कदापि प्रयोग गर्नुहुँदैन ।
– लोकल गाईको गहुँत मात्र प्रयोग गर्नुपर्छ ।
– जंगलमा चर्ने वा केवल घाँसपात मात्र खाने गाईको गहुँत प्रयोग गर्नु राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *