एमबिबिएस गरेका दुईतिहाइ डाक्टरी सेवा दिन अयोग्य

हेल्थपोस्ट
प्रकाशित
२०७५ साउन २८ गते १३:१२

चिकित्सा विज्ञान पढेपछि सेवा सुरु गर्न लिइने दर्ता परीक्षामा आधारभूत ज्ञानसमेत नभएर दुईतिहाइभन्दा बढी चिकित्सक फेल भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले साउन २५ गते शनिबार लिएको लाइसेन्सिङ परीक्षामा सहभागीमध्ये ७६ प्रतिशत चिकित्सक फेल भएका हुन् । यसपटक ७ सय ७६ जनाले प्रवेश परीक्षा दिएका थिए ।
यो नतिजाले बारम्बार बहसको विषय बनेको चिकित्सा शिक्षा पढाइ हुने कलेजको स्तर, विद्यार्थीको क्षमता तथा एमबिबिएस परीक्षाकै विश्वसनीयतामा फेरि प्रश्न उठाएको छ ।

‘नयाँ विद्यार्थी कमै थिए, पटक–पटक फेल भएकाहरू यसपटक पनि पास भएनन्,’ उनले भने ।

नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले यसपटक इतिहासमै सबैभन्दा बढी संख्यामा विद्यार्थी फेल भएको बताए । एमबिबिएसतर्फ १ सय ८९ जना मात्रै पास भएका छन् । त्यसैगरी, दन्तचिकित्सा (बिडिएस)तर्फ १ सय २७ परीक्षार्थीमध्ये ७३ जना अर्थात् ५७ प्रतिशत पास भएका छन् ।
काउन्सिलका अधिकारीहरूले यसपटक पटक–पटक फेल भएका चिकित्सक विद्यार्थीको संख्या बढी भएकाले पनि फेल प्रतिशत बढेको हुन सक्ने बताएका छन् । ‘नयाँ विद्यार्थी कमै थिए, पटक–पटक फेल भएकाहरू यसपटक पनि पास भएनन्,’ उनले भने ।
एमबिबिएस वा विशेषज्ञको पढाइपछि सोअनुसारको सेवाअभ्यास गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । केही वर्षअघिसम्म प्रमाणपत्र ल्याएकै भरमा दर्ता हुने गरेकोमा पछिल्ला दिनमा काउन्सिलले दर्ताका लागि प्रवेश परीक्षा लिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय