गुणस्तरहीन खाद्यान्न बेचे ५ वर्ष कैद

हेल्थपोस्ट
प्रकाशित
२०७५ साउन २३ गते ११:४५

अखाद्य तथा गुणस्तरहीन उपभोग्य वस्तुको उत्पादन तथा बिक्री–वितरण गर्नेलाई ५ वर्षसम्म कैद सजाय हुने भएको छ । यसअघि जरिवानाको मात्रै व्यवस्था रहेकोमा ऐन संशोधनमार्फत अब कैदको समेत व्यवस्था गर्न लागिएको हो । उपभोक्ता संरक्षणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत यस्तो प्रावधान थप गरिएको हो ।
विधेयकमा अखाद्य तथा गुरस्तरहीन उपभोग्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने व्यक्ति वा कम्पनीउपर ५० हजार जरिवाना तथा ५ वर्ष कैद सजाय हुने व्यवस्था छ । विधेयकमा लेबलमा उल्लेख गरिएभन्दा कम गुणस्तर भएको, आवश्यक तत्व र परिमाण कम भएको, मिसावट गरेको, सडेगलेको, विषादी मिसाएको, अस्वस्थ रङ तथा रसायन प्रयोग गरेको वस्तुलाई ‘गुणस्तरहीन वस्तु’का रूपमा परिभाषित गरिएको छ ।

विधेयकले भ्रमपूर्ण विज्ञापन गर्ने, बढी मूल्य राख्ने, नक्कली वस्तु उत्पादन, पैठारी र बिक्री गर्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र ४ लाखदेखि ६ लाख जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ ।

विधेयकले खाद्यान्न, पेयपदार्थसँगै दैनिक जीवनमा प्रयोग हुने स्वास्थ्य, सूचना–प्रविधि, बैंकिङ, विद्युत्, खानेपानी, टेलिफोनलगायत सेवामा समेत यो कानुन आकर्षित हुने व्यवस्था गरेको छ ।
स्पष्ट कानुनको अभावमा कमसल वस्तु उच्च गुणस्तरको भनेर बेच्ने तथा पुराना सामानमा नयाँ सिल राखेर बेच्नेले समेत उन्मुक्ति पाउँदै आएका थिए । विधेयकले भ्रमपूर्ण विज्ञापन गर्ने, बढी मूल्य राख्ने, नक्कली वस्तु उत्पादन, पैठारी र बिक्री गर्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र ४ लाखदेखि ६ लाख जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ ।

४४ उत्पादकलाई कारबाही
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले गत आर्थिक वर्षमा ४४ खाद्य व्यवसायी कम्पनीविरुद्ध्र कारबाहीका लागि मुद्दा दायर गरेको छ । गत आर्थिक वर्षमा विभागले २ हजार ८ सय १३ नमुना संकलन गरी परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक तत्व मिसाएका र गुणस्तरहीन उत्पादन गरेका यस्ता कम्पनीमाथि कारबाहीका लागि मुद्दा दायर गरेको हो ।
आर्थिक वर्षको अन्त्यसम्ममा संकलित नमुनाको १४ प्रतिशत अर्थात् ३ सय ५४ वस्तु मापदण्डविपरीत रहेको विभागका महानिर्देशक सञ्जीव कर्णले बताए । विभागका अनुसार संकलित नमुनामध्ये १ सय १ वटा दूध तथा दुग्धपदार्थका उत्पादन छन् । त्यसपछिका खाद्यान्न तथा दलहन ६९, प्रशोधित पिउनेपानी ६६, तेल तथा घिउ ३२, दानापदार्थ ९ र बाँकी अन्य खाद्यपदार्थ रहेको विभागले जनाएको छ ।
विभागले होटेल तथा रेस्टुरेन्ट स्तरीकरणका क्रममा आर्थिक वर्ष ०७४/७५ मा जम्मा १ सय १२ होटेल रेस्टुरेन्टलाई स्टिकर वितरण गएकोमा १० ले उत्तम ४४ ले सन्तोषजनक र ३५ ले न्यूनस्तरको गुणस्तर भएको स्टिकर पाएको विभागले जनाएको छ ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले विभिन्न शीर्षकमा विभागले हासिल गरेका प्रगति विवरण सार्वजनिक गरेका थिए । विभागले खाद्य आयात नियमन, खाद्य स्तर निर्धारण, प्रयोगशाला सेवा, परिकार विकास तथा अनुसन्धान, खाद्य मेला तथा खाद्य स्वच्छता क्षेत्रमा थुप्रै काम गरिहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय