दूध र पानीका ९८ नमुना गुणस्तरहीन

हेल्थपोस्ट
प्रकाशित
२०७५ साउन २३ गते ९:४१

उपभोक्ताले दैनिक जीवनमा सबैभन्दा बढी प्रयोग गर्ने दूध, पानी, घिउजस्ता खाद्यपदार्थ नै सबैभन्दा बढी गुणस्तरहीन भेटिने गरेको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले गत आर्थिक वर्षमा देशभरबाट २ हजार ८ सय १३ वटा नमुना संकलन गरी परीक्षण गर्दा ३ सय ५४ वटा न्यून गुणस्तरका पाइएका थिए ।
जसमध्ये दूध तथा दुग्धपदार्थ ७२, प्रशोधित पिउनेपानी २६, गुलियोपदार्थ १७, तेल तथा घ्युजन्य पदार्थ ११ वटा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खाद्यान्नको गुणस्तर जाँचमा सक्रिय भएर लाग्न सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।
मुख्य खाद्यवस्तुसहित पानी, दूधजस्ता पेयको गुणस्तर अनुगमन गरेर गुणस्तर सुधारका लागि ठोस काम गर्न मन्त्रीले निर्देशन दिएका छन् । उनले कुनै पनि बहानामा अनुगमन र परीक्षण नरोक्नसमेत निर्देशन दिएका छन् ।

गुणस्तरका आधारमा उत्पादक कम्पनी र खाद्यान्नको वर्गीकरण गरेर नराम्रो गर्नेलाई ‘रेड कार्ड’ दिन विभागका अधिकारीलाई निर्देशन दिए । ‘यसका लागि मातहतका सम्पूर्ण संरचना परिचालित होस्

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा सम्बोधन गर्दै मन्त्री खनालले अब ६ महिनापछि हुने समीक्षामा यसैमा केन्द्रित हुने बताए । उनले जनस्वास्थ्यमाथि खेलबाडको छुट कसैलाई नभएको समेत बताए । उनले यसका लागि प्रयोगशाला, जनशक्ति र बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए ।
खनालले गुणस्तरका आधारमा उत्पादक कम्पनी र खाद्यान्नको वर्गीकरण गरेर नराम्रो गर्नेलाई ‘रेड कार्ड’ दिन विभागका अधिकारीलाई निर्देशन दिए । ‘यसका लागि मातहतका सम्पूर्ण संरचना परिचालित होस्,’ खनालले थपे ।
मन्त्री खनालले खाद्यन्नको अनुगमन र गुणस्तर अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने भन्दै त्यसका लागि अपुग कुराहरू पु¥याउन सरकार तयार रहेको बताए । प्रत्येकपटक अनुगमन र चेकजाँच गर्न, नमुना फरक–फरक ढंगले संकलन गर्नसमेत उनले निर्देशन दिए ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले अनुगमन गरेर सुधार्न दिएको सुझाबलाई अटेरी गर्ने कम्पनीलाई बन्द नै गरिदिने चेतावनी दिए । उनले विभागमा साधन–स्रोत र जनशक्ति पर्याप्त नभएकोतर्फ मन्त्रीको ध्यानाकर्षणसमेत गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय