सम्झौता पालना नभएर १६औं अनशन

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा सुधार अभियन्ता डा.डाक्टर गोविन्द केसीले १५ औ अनशनमा भएका सम्झौता कार्यन्वयनमा ढिलासुस्ती भए सोहैं अनशन बस्ने घोषणा गरेका छन् ।
सम्झौता भएको १३ दिनवितिसक्दा पनि सम्झौतालाई मन्त्रीपरिषद्बाट अनुमोदनसमेत नगरेको डा.केसीले यस्तो चेतावनी दिएका हुन् । अनशन तोडेसँगै लामो समय अस्पतालमै उपचार गरिरहेका उनले डिस्चार्ज भएकै दिन पत्रकार सम्मेलन गरेर सहमतिअनुसार चिकित्सा शिक्षा विधयेक पारित र अन्य माग पूरा गर्न ध्यानकर्षण गराए ।
डा.केसी र सरकारी वार्ता टोलीबीच सहमतिपछि साउन १० मा उनले २७ दिन लामो अनशन अन्त्य गरेका थिए ।
अघिल्ला सरकारका समयमा अनशन अन्त्य लगतै सरकारी वार्ता टोलीसँग भएको सम्झौतालाई अनुमोदन गर्ने परम्परा थियो । यसपटक शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीपरिषद्मा प्रस्ताव लानै अटेरी गरेको स्रोतको भनाई छ ।
सुरुदेखि नै डा.केसीको अनशनप्रति असहिष्णु रहेका पोखरेल वार्तामा समेत कठोर बनेपछि प्रधानमन्त्रीले हस्तक्षेप गरेर अनशन अन्त्य भएको थियो । अनशन टुंग्याउन भएका वार्तामा आफ्नो भूमीका नभएको भन्दै पोखरेल असन्तुष्ट बनेका छन् ।
डा.केसीले मंगलबारको पत्रकार सम्मेलनमा पनि तत्काल सम्झौता मन्त्रीपरिषद्बाट अनुमोदन गर्न माग गरे ।
१५ औं सत्याग्रह टुंग्याउने क्रममा नेपाल डा केसीले सरकारसँग नौ बुँदे सहमति भएको थियो । सो अनुसार विधेयकमा भने सत्तारुढ दलकै तर्फबाट सहमतिअनुसार नै संसोधन परेको छ ।
चिकित्सा शिक्षा विधेयकबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने, गौरीबहादुर कार्की जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई कारवाही गर्ने लगायत सम्झौताका बाँकी ६ बुँदाहरुलाई समेत तत्काल कार्यान्वयनमा लैजान उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *