बन्यो शिक्षा-स्वास्थ्य समिति, चार पूर्व मन्त्री सदस्य
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको गठन भएको छ । सामाजिक क्षेत्रका प्रमुख दुई स्वास्थ्य र शिक्षासहित खेलकुद मन्त्रालयको गतिविधि हेर्ने समितिमा पूर्व तीन स्वास्थ्य र एक शिक्षामन्त्री सदस्य छन् ।
समितिमा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, गगन थापा र खगराज अधिकारी सदस्य छन् । त्यसैगरी पूर्व शिक्षामन्त्री चित्रलेखा यादवसमेत समितिमा सदस्य छिन् । समितिमा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराई सदस्य छन् ।
समितिका अन्य सदस्यमा अञ्जना विशंखे, उमेश श्रेष्ठ, एकवाल मियाँ, गजेन्द्र बहादुर महत, जीवन राम श्रेष्ठ, तिल बहादुर महत क्षेत्री, दुलारी देवी खत्वेनी,नविना लामा, नमिता कुमारी चौधरी, नारायण प्रसाद मरासिनी, भैरव बहादुर सिंह, मन कुमारी जि सी, मान बहादुर विश्वकर्मा, रेखा कुमारी, सन्त कुमार थारु, सरिता न्यौपाने, सुरेन्द्र कुमार यादव, सुरेश कुमार राई, हित बहादुर तामाङ सदस्य छन् ।