समर्थनभाव राख्नेलाई अप्ठ्यारो, हत्यारा भन्नेलाई हाइहाई !

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीका अधिकांश माग जायज भएको अभिव्यक्ति दिएको तथा वार्ताद्वारा समस्याको हल खोज्नुपर्छ भन्दै अनशनस्थलमा समेत पुगेको भन्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टीभित्रै अप्ठ्यारोमा पारिएको छ । पार्टीले सत्याग्रही केसीमाथि संसद्भित्र र बाहिरसमेत कठोर अभिव्यक्ति दिने सांसदका अभिव्यक्तिमा भने कुनै रोक लगाएको छैन । दुवै अध्यक्षले ‘डा. केसीलाई कसको अनुमतिमा किन भेटेको ? सामाजिक सञ्जालमा किन समर्थन जनाएको ?’ भन्दै प्रवक्ता श्रेष्ठसित मौखिक स्पष्टीकरण सोधेका थिए । दुवै नेताले श्रेष्ठको अभिव्यक्तिले प्रतिपक्षलाई फाइदा पुगेको टिप्पणी गरेका थिए ।

नेकपा नेत्री एवम् सांसद गंगा चौधरीले संसद्मा चिकित्सा शिक्षा विधेयकउपर धारणा राख्नेक्रममा डा. केसीलाई हत्याराको आरोप लगाइन् । डा. केसीलाई बदनाम गराउन सामाजिक सञ्जालमा भाइरल बनाइएको तस्बिरको प्रसंग उठाउँदै उनको यस्तो अभिव्यक्ति आएको हो ।

प्रवक्ता श्रेष्ठले १० साउनमा ट्विटरमा लेखेका थिए, ‘मैले डा. केसी मूलतः सत्याग्रही हुनुहुन्छ र उहाँले उठाउनुभएको मूल मुद्दा सही छ, माथेमा प्रतिवेदनको मूल पक्ष सकारात्मक छ, हाम्रो पार्टीका नेता–कार्यकर्ताले पनि विनापूर्वाग्रह यसलाई आत्मसात् गरी वार्ताद्वारा समस्याको समाधान गर्नुपर्छ भन्दा तीव्र विरोध गर्नेलाई पनि अहिले धन्यवाद छ ।’ सरकारले समझदारी गरिसकेका विषयमा नेकपानिकट सांसदले कठोर टिप्पणी गरिरहेका छन् ।

नेकपा नेत्री एवम् सांसद गंगा चौधरीले संसद्मा चिकित्सा शिक्षा विधेयकउपर धारणा राख्नेक्रममा डा. केसीलाई हत्याराको आरोप लगाइन् । डा. केसीलाई बदनाम गराउन सामाजिक सञ्जालमा भाइरल बनाइएको तस्बिरको प्रसंग उठाउँदै उनको यस्तो अभिव्यक्ति आएको हो । उपचार नपाएर एकजना बच्चाको ज्यान गएको भन्दै नियोजित रूपमा सामाजिक सञ्जालमार्फत डा. केसीको बदनाम गर्ने कोसिस गरिएको थियो, जब कि त्यसदिन चिकित्सक हडतालमै थिएनन् । सांसद नवीना लामाले त झन् डा. केसीलाई देशनिकाला गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएकी थिइन् ।

डा. केसीले उठाएका मागको सम्बोधन गर्नुपर्छ भन्नेप्रति असहिष्णु व्यवहार र उनलाई मनपरी गाली गर्न स्वतन्त्र छाड्नुले सरकारले गरेको सहमतिप्रतिको इमानदारीमा प्रश्न उठेको छ । यद्यपि, सहमति गराउन लागिपरेका नेता सुवास नेम्वाङ सुरुदेखि नै सकारात्मक छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *