एकै घरका दुईभाइ संक्रमित, ‘सशस्त्र प्रहरीलाई छक्याएर गाउँ आएका थिए’

कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित युवा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ। भारतको मुम्बइमा काम गर्ने उनीहरू ५ जनाको समूहमा नेपाल आएका थिए ।
उनीहरु मायादेवी गाउँपालिका वडा नं.२ अभिराव गाउँका हुन्।
गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवका अनुसार उक्त क्वारेन्टाइनमा अहिले ६० जना व्यक्ति छन्।
उनीहरू सबै जनाको स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएकोमा अहिलेसम्म १२ जनाको मात्रै रिर्पोट आएको छ । त्यसमध्ये २ जनाको रिर्पोट पोजेटिभ देखिएको यादवले जानकारी दिए । उक्त क्वारेन्टाइनका ६० जना र क्वारेन्टाइनमा अबधि पूरा गरि घर पठाइएका थप ५ जना गरी ६५ जनाको स्वाबको नमूना लिइएको थियो। उनीहरुमध्ये अझैं ५३ जनाको रिपोर्ट आउन बाँकी छ।
संक्रमितहरू यसरी आइपुगे गाउँ
ती युवाहरू भारतको मुम्बइमा मजदूरी गर्थे । भारतमा लकडाउन लम्बिएपछि उनिहरु नेपालतर्फ हिँडेका थिए ।
नेपाल भारतको सीमामा आइपुग्दा कडाई भएपछि उनीहरू भारततर्फ सीमानजिक रहेको आफन्तको घरमा ११ दिनसम्म बसेपछि लुकेर नेपाल प्रवेश गरेको गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताए।
उनीहरु गाउँमा आएको थाहा पाएपछि गाउँलेहरुले वडाध्यक्षलाई खबर गरेका थिए। त्यसपछि बैशाख २२ गते पकडीमा रहेको छत्रपाली तिर्था देवी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष कुर्मीको भनाई छ ।
ती दुई युवा एकै घरका दुईभाइका छोरा भएको अध्यक्ष कुर्मीले जानकारी दिए।
पानी पर्दा र रातको समयमा सीमा पार गर्छनः कुर्मी
मायादेवी गाउँपालिकाको दक्षिणी क्षेत्र भारतको सीमासँग जोडिएको पालिको हो । यो कपिलवस्तुको सदमुकाम र गौतमबुद्धको जन्मस्थल लुम्बिनीको करिब करिब बीचमा पर्दछ ।
भातरतर्फको सीमामा तारबार नभएको हुदा भारततर्फबाट आउने क्रम नरोकिएको गाउँपालिकाका अध्यक्ष बजरंग प्रसाद कुर्मी बताउँछन् । उनका सशस्त्र प्रहरीले सीमा क्षेत्रको निगरानी गरिरहेको छ तर उनिहरुलाई छक्काएर प्रवेश गर्ने क्रम नरोकिएको उनले बताए ।
सीमा क्षेत्रमा नदि, खोला र झाडी छन् । जति नै प्रयास गरेपनि पानी पर्दा र रातको समय निकालेर भारतबाट नेपाल प्रवेश गरिरहेको उनले बताए ।
कोरोना संक्रमण देखिएका दुबै जनालाई उपचारका लागी बुटवल स्थित कोरोना अस्पतालमा पठाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुर्णिहवा गाउँमा भेटिएका संक्रमित पनि लुकीछिपी नेपाल प्रवेश गरेका थिए । उनलाई पनि गाउँलेहरुकै पहलमा क्वारेन्टाइनमा राखिएको थियो।
बिहीबार मात्रै कपिलवस्तुमा पर्ने नेपाल भारत सीमा क्षेत्रबाट आएका ५५० जना नेपालीलाई स्थानीय तहहरुले अस्थायी क्वारेन्टानइनको बनाई व्यवस्थापन गरेका छन्