किशोरावस्थाका छोरीलाई आमाले भन्नै पर्ने चार कुरा
मानव जीवनमा प्रत्यक सम्बन्धको आफ्नै खाले महत्व हुन्छ। तर, आमा छोरीको सम्बन्ध झनै महत्वपूर्ण मानिन्छ। यो सम्बन्ध कहिले नचुडिने डोरिले बाँझिए झै हुन्छ। आमा छोरीबीचमा कहिले काँही तितोमिठो खटनपटन पनि भइरहन्छ। र, पनि आमाका लागि सबैभन्दा असल साथी छोरी नै हुने गर्छिन्।
आमाले नै छोरिका दुःख सुख नजिकबाट बुझ्न सक्छिन्। आमाले नै आफ्नो छोरिलाई असल र खराव कामका बारेमा जानकारी दिन्छिन्। त्यसैले किशोरावस्थाका छोरीलाई प्रत्यक आमाले यी चार कुरा सुझाउनु पर्छ।
जिम्मेबार बनाउने
स्कुलसम्म तपाइको छोरीको जिन्दगी आरामसँग बित्यो र त्यहाँसम्म तपाइले पनि राम्रो साथ दिनु भयो। तर, कलेज जीवनमा छोरीको विषेश ख्याल गर्नुपर्छ। प्रत्यक समय छोरीको साथमा रहन नसकिने भएकाले पनि यस्तो समयमा विशेष ख्याल गर्नुपर्छ।
त्यसैले किशोरावस्थाका छोरीलाई जस्तोसुकै परिस्थितिको पनि सावधानीपूर्वक सामना गर्ने गरि तयार पार्नुपर्छ। त्यही खालको शिक्षा दिनुपर्छ। कलेजको सुरुआति दिनमा छपाइको छोरीलाई कुनै कुराको समस्या हुन सक्छ। यस्तो बेला उनी जिम्मेवार बन्न जरुरी हुन्छ। किनकी उनी यस्तो समस्याबाट सहजै बाहिर निस्किन सकुन्। यसमा आमाले अहम भूमिका खेल्नुपर्ने हुन्छ।
सच्चा र राम्रो साथी बनाउन प्रेरित गर्ने
कलेज जीवनमा सबैलाई राम्रो साथीको आवश्यकता हुन्छ। साथी विनाको कलेज जीवन अधुरो जस्तै बन्छ। तपाई पनि आफ्नो छोरीको कलेज जीवन तनाव मुक्त होस् भन्ने चाहनु हुन्छ भने आफ्नो छोरीलाई राम्रो साथी चयन गर्न सुझाउनु पर्छ। उनलाई जीवनमा राम्रो साथीको खाचो निकै हुने कुराबारे राम्रोसँग बुझाउन सक्नुपर्छ। आफूलाई कुनै कुराको असर नहुने र अधिकांश भावना मिल्ने साथीको चयन गरियो भने कहिले पनि मित्रतामा खटनपटन आउँदैन।
असफलता भनेको बर्बाद होइन भन्ने बुझाउने
आफ्नो बच्चालाई सधै नयाँ–नयाँ कुरा सिक्नुपर्छ भनेर प्रेरित गरिरहनु पर्छ। आफ्नो जीवनका प्रेरक अनुभव साट्दै नयाँ कुराहरू सिक्न प्रेरित गर्ने। यसरी अगाडि बढिरहदा कुनै कुरामा असफलता हात लागे त्यो बर्बादी होइन भन्ने बुझाउने। कुनै कामको प्रयास गर्ने मान्छे नै सफल र असफल हुने हो। सधै सबै कुरामा सफलता हात लाग्दैन। निरन्तरको प्रयासपछि मात्रै कुनै कुरामा सफलता हात पार्न सकिन्छ भनेर सधै किशोरावस्थाकी छोरीको मनोबल पढाउनुपर्छ।
जीवनमा कसैको आवागमनबाट प्रभावित नहुने
कलेज टाइममा जो कोहीको साथीहरूसँगको दूरी नजिक टाढा हुने गर्छ। यस्तो बेला आफ्नो छोरीलाई जीवनमा कोही आउँदा वा जाँदा कुनै फरक पर्दैन भन्ने बारे सजग गराउनु पर्छ। किनकी कसैले कसैलाई जीवनमा विशेष रुपमा लिँदा उसँगको दूरी बढ्यो भने समस्या पैदा हुन सक्छ।