स्वस्थ रहनका लागि डाइटमा सामिल गर्नुस् यी खानेकुरा

हेल्थपोस्ट नेपाल

सबैभन्दा ठूलो स्वास्थ्य नै हो। मान्छेले स्वस्थ रहनका लागि स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। कोरोनाको महामारीले विश्वलाई त्रसित बनाइरहेको छ। यस्तो बेला स्वस्थताका लागि विशेष ध्यान दिनुपर्छ।

यसरी स्वस्थ रहनका लागि हामीले खानपानमा विचार पु-याउनु पर्छ। त्यसैले सधै स्वस्थ रहनका लागि हामीले दिनहुँ खानेकुरामा यी चिज सामिल गर्न सक्छौं।

स्याउ

स्वाउ स्वाथ्यका लागि निकै लाभदायक फल हो। जुन कुरा हामी सबैलाई थाहा छ। तर, त्यही स्वाउलाई दिनहुँ एक दानाको दरले खाने हो भने हामी निकै स्वस्थ हुन सक्छौं। स्याउले शरीरमा अनावश्यक बोसोलाई जम्न दिँदैन।

दैनिक एक दाना स्याउ खाँदा शरिरलाई आवश्यक पर्ने क्यालोरी र कार्बोहाइड्रेडको कमीलाई यसले परिपूर्ति गरिदिन्छ। स्याउमा पानीको मात्रा पनि प्रयाप्त हुन्छ। स्वाउको सेवनले पटक–पटक भोक लाग्ने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ। त्यसैले सधै स्वाउको सेवन गर्दा शरीर स्वस्थ हुन्छ।

अदुवा

औषधीय गुणका कारण अदुवालाई खानामा सामिल गर्ने गरिन्छ। अदुवाले शरीरमा उर्जा प्रदान गर्छ। यसमा एन्टिअक्सिडेन्टको गुण धेरै हुन्छ। यसले कोलेस्ट्रोलको मात्रालाई कम गर्न भूमिका खेल्छ। यसका साथै यसले पेटमा ग्यास जम्मा हुने समस्याबाट समेत छुट्कारा दिन्छ। अदुवालाई चटनी बनाएर पनि सेवन ग र्न सकिन्छ।

बोडि, सिमी, दाल, छोला र टमाटर

बोडि, सिमी, दाल, छोला र टमाटर प्रोटिनका लागि सबैभन्दा महत्वपूर्ण स्वर्ष हुन्। यी तत्वमा अत्याधिक मात्रामा कम्पलेक्स कार्बोहाइड्रेड हुन्छ। यिनको सेवनले शरीर निकै स्वस्थ रहन्छ। यी सबै कुरालाई मानिसले सहजै पचाउन सक्ने भएकाले पनि स्वास्थ्यका लागि लाभदायक हुन्छन्। यी चिजमा प्रोटिन र फाइबर दुबै तत्व हुन्छ। जुन तत्व सरीका लागि निकै फाइदाजनक मानिन्छन्।

दालचिनी

राम्रो स्वास्थ्यका लागि खानामा दालचिनीको प्रयोग उपयुक्त मानिन्छ। ब्लडप्रेसरका प्यासेन्टका लागि दालचिनीको प्रयोग लाभदायक हुन्छ। दालचिनीको नियमित प्रयोगले ब्लडप्रेसर नियन्त्रणमा आउँछ। दालचिनीको सेवनले पाचनप्रणाली पनि बलियो हुन पुग्छ। दालचिनी नियमित खाँदा हड्डि पनि बलियो हुन्छन्।



Leave a Reply

Your email address will not be published.