चितवन कोरोना अस्पतालमा आर्थिक अनियमितता :  छानबिन समितिका संयोजक भन्छन्- ‘छानबिन गर्न असमर्थ छु’

हेल्थपोस्ट नेपाल

कोरोना अस्पतालमा आर्थिक अनियमितताको छानबिन गर्न जिम्मा दिइएका चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले काम गर्न नसक्ने बताएका छन्।

उनले कोरोना नियन्त्रण कार्यदलका संयोजकलाई पत्र लेखेर छानबिन कार्यको संयोजकका रूपमा काम गर्न असमर्थ रहेको जानकारी गराएका हुन्। कोरोना नियन्त्रण कार्यदलले उनलाई संयोजकको जिम्मा दिएको थियो।

उनले छानबिन समितिमा रही काम गर्नुपूर्व नै विभिन्न घटनासम्बन्धमा राजनीतिक हिसाबबाट वक्तव्य र सूचना बाहिरिएकाले काम गर्न नसक्ने बताएका छन्। ‘यस्तो अवस्थामा उद्योग संघजस्तो निष्पक्ष र गैरराजनीतिक सामाजिक संस्थाको अध्यक्षको हैसियतले छानबिन समितिको संयोजकको रूपमा रही काम गर्नु संघको भावना विपरित भएकाले उक्त छानबिन समितिको संयोजक पदमा रही कार्य गर्न असमर्थ रहेको जानकारी गराउँदछुु,’ जानकारी पत्रमा उनले लेखेका छन्।

कोरोना ‘अस्थायी’ अस्पतालमा भरतपुर महानगरको मनपरी खर्च

 



Leave a Reply

Your email address will not be published.