मस्तिष्कघातपीडित कांग्रेस नेता बास्ताेलाकाे निधन

हेल्थपोस्ट नेपाल

अपडेट

कांग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार राति ९.२० मा निधन भएको छ । दिउँसोदेखि नै स्वास्थ्य गम्भीर भएका उनको राति घरमै निधन भएको हो । दिउँसो बाँसवारीस्थित न्यूरो अस्पतालमा पुर्याएका बास्तोलालाई थप उपचार काम नलाग्ने भन्दै अस्पतालबाट घर फर्काइएको थियो । अस्पतालले क्लिनिकल्ली मृत्यु भइसकेको भनेर फर्काएपनि परिवारका सदस्यले भने श्वासप्रश्वास बाँकी रहेको भन्दै त्यसको अस्वीकार गरेका थिए ।

………………………..

मस्तिष्कघातपीडित कांग्रेस नेता बास्ताेलाकाे अवस्था गम्भीर

मस्तिष्कघातपछि ६९ महिनादेखि अर्धचेत स्वास्थ्य अवस्थामा गम्भीर बनेकाे छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका ७४ वर्षे बास्तोलाको स्वास्थ्य शनिबार थप जटिल बनेपछि बाँसबारी न्युराे अस्पतालमा लगिएकाे थियाे । अस्पतालमा थप उपचार हुन नसक्ने भनेपछि दिउँसो खुमलटारस्थित निवास लगिएको छ । ०६९ पुस १४ मा मोरङमा सार्वजनिक कार्यक्रममा सहभागी भइरहँदा उनलाई मस्तिष्कघात भएको थियो ।

मस्तिष्कघातलगत्तै बास्तोलालाई भारतको सिलिगुडी र मेदान्त अस्पतालमा उपचार गराइएकाे थियो । ज्यान बाँचे पनि चेतना नफर्किएपछि उनलाई घरमै उच्चतहको नर्सिङ केयर दिएर राखिएको थियो । गत वर्ष पनि निमोनिया देखिएपछि बाँसबारीस्थित न्युरो अस्पतालमा उनकाे उपचार भएको थियो । प्रजातान्त्रिक आन्दोलनका होनहार योद्धा बास्तोलले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

कांग्रेस नेता प्रदिप पौडेलको ट्वीटका आधारमा यसअघि निधन भएको भनी प्रकाशित समाचारप्रति क्षमाप्रथी छौ ।



Leave a Reply

Your email address will not be published.