तामनगरमा पैदलयात्री ‘उद्दार केन्द्र’
बुटवल उपमहानगरपालिकाको सक्रियतामा पैदल यात्रीको उद्दारको काम भइरहेको छ । विभिन्न ठाउँबाट बुटवल प्रवेश गरेका पैदलयात्रीको बुटवल उपमहानगरपालिकाले उद्दार गरिरहेको छ।
बुटवलमा पैदल रुपमा प्रवेश गर्ने मजदुरहरुलाई केन्द्रित गरि उपमहानगरपालिले तामनगरलाई उद्दार केन्द्रको रुपमा प्रयोग गरेको हो ।
कोरोना भाइरसको महामारीले उत्पन्न गराउने महासंकटको जोखिम कम गर्ने, क्षति न्यूनीकरण गर्ने जस्ता सुरक्षित उपाय सहित प्रतिकोरोनाका कामलाई प्राथमिकता दिएको उपमहानगरले जनाएको छ ।
सञ्चारमाध्यम तथा र सामाजिक सञ्जालमा पैदल यात्रीको बिषयमा तीनै तहका सरकारको आलोचना भएपछि बुटवल उपमहानगरपालिका उद्दारमा लागेको हो ।
त्यसअघि प्रदेश ५ सरकारले पैदल रुपमा अलपत्र परेको व्यक्तिहरुको सुरक्षाकर्मीको सहयोगमा स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा राख्न, स्वास्थ्य चेक गर्न, खाना बस्नको व्यवस्था गर्न र जाने ठाउँको विवरण लिइ सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पठाउनका लागि निर्देशन गरेको थियो ।
पछिल्लो चार दिन यता उपमहानगरले १ हजार ७ सय पैदल यात्रुलाई निःशुल्क खाना, बाँस र स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।
वडा नं. १२ का वडाध्यक्ष दुर्गा सुवेदीले भने तामनगरबाट करिब ४ सय जनाको उद्दार गरिएको बताएका छन् । उनका अनुसार तामनगर क्षेत्रमा पैदल यात्रीहरुलाई जम्मा गरे उनीहरुको उद्दार गर्ने गरिएको छ । तामनगरभन्दा बुटवलका अरु क्षेत्रबाट पनि केही दिन अघि मजदूरहरुको उद्दार गरिएको थियो ।
उद्दार गरिएकाहरुको ज्वरो क्लिनिकमा परीक्षण गराएर देशका विभिन्न ठाउँबाट जानेगरि बसको व्यवस्थापन गरेर पठाइएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । त्यसमध्ये केहीको सम्बन्धित उद्योगले र केहीको बुटवल उपमहानगरपालिको यातायातको व्यवस्थापन गरेको नगरप्रमुख सुवेदीले बताए ।
बुटवल उपमहानगरपालिकाले बुटवल १२, तामनगरको कोरियन इनिष्टिच्यूटमा क्वारेन्टाइन स्थापना गरिएको छ । त्यहाँ खाने, बस्ने र स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको उपमहानगरपालिको जनाएको छ । उक्त क्वारेन्टाइनको संयोजन वडा १२ का अध्यक्ष दुर्गा सुवेदीले गरिरहेका छन् । क्यारेन्टाइनमा अहिले ३ जना महिला सहित १५ जना छन् । उतिहरु पाल्पाका १ जना, स्थानीय २ जना, बिरगंजका ५ जना र अरु कपिलवस्तुका हुन् ।
त्यसैगरी विभिन्न ठाउँबाट पैदल रुपमा बुटवल प्रवेश गर्नेहरुलाई दिनभर तामनगरमा जम्मा गर्ने र खानाको व्यवस्था गरि उनिहरु जाने स्थान पहिचान गरि गाडीको व्यस्था गरि पठाउने गरिएको छ ।