कर्मचारीलाई तलब खुवाउन मन्त्रालय गुहार्दै कान्ती बाल अस्पताल
कोभिड १९ का क्रासका कारण विश्वका अधिकांश जनसंख्या लकडाउनमा छ । नेपालमा पनि अहिले कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेको छ ।
लकडाउनसँगै अस्पतालमा आउने बिरामीहरुको संख्या घट्दा कर्मचारीलाई तलव खुवाउन नसकिने अवस्थामा अस्पताल पुगेका छन् ।
विकास समितितर्फ कर्मचारीलाई तलब खुवाउन नसकेको गुहार माग्दै कान्ती बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेल सोमबार मन्त्रालय पुगेका थिए ।
विकास समितितर्फका कर्मचारीलाई तलब खुवाउन नसकेको कारण आफू मन्त्रालयमा सहयोगका लागि अपिल गर्न पुगेको उनले बताए ।
१ महिनाभरका बिरामी संख्या घट्दा आफू सहयोगका लागि मन्त्रालय पुग्न परेको उनको भनाई छ ।
अस्पतालमा कुल ६ सय २२ कर्मचारी रहेका छन् भने विकास समिति तर्फ ३ सय ७४ जना रहेका छन्
‘अन्य बेलामा दैनिक १ हजार २ सयको हाराहारीमा हुने गर्दछ, तर, आजभोली ७०–७५ जना बिरामी आउने गरेका छन्,’ डा.पौडेले भने,‘बिरामी संख्या घट्सँगै प्रयोगशाला, एक्सरे जस्ता सेवाको कमाई पनि घट्यो ।’
अस्पतालमा कुल ६ सय २२ कर्मचारी रहेका छन् भने विकास समिति तर्फ ३ सय ७४ जना रहेका छन् ।
डा. पौडेल अनुसार विकास समितिका कर्मचारीको तलव १ महिनाको लागि ८४ लाख हाराहारी हुन्छ । ‘हामी संग बैंकमा थेष्थेट पैसा पनि छैन, पहिला देखि नै घाटा भोगिरहेको छौ, डा. पौडेले भने,‘ अस्पतालबाट कमाई नभएपछि कसरी कर्मचारीलाई तलव खुवाउने ।’
पहिलाको तुलना अहिले ३ प्रतिशत नै कमाई भएको छैन । मन्त्रालयका सचिव यादव कोइराला सँग अस्पतालको विषयमा कुराकानी भएको पौडेलले बताए ।