बंगलादेशमा ‘नेपाल मेडिकल पर्यटन गन्तव्य’ शृखला

हेल्थपोस्ट नेपाल

बंगलादेशी नागरिकमाझ नेपाललाई मेडिकल गन्तव्य बनाउँन नेपाली राजदुतावास ढाकाले ‘नेपाल आयज मेडिकल टुरिजम डिस्टिनेशन’ प्रवर्धन शृखला सुरु गरेको छ । नेपालमा उपलब्ध सेवामध्ये आँखाको उपचारमा र वैकल्पिक स्वास्थ्य उपचार विधिबारे वंगलादेशी नागरिकमाझ आकर्षण बढाउन यस्तो अभियान थालिएको राजदूत डा.चोपलाल भुषालले बताए ।

वंगलादेशबाट उपचारका लागि छिमेकी मुलुक तथा दक्षीण पूर्वका मुलुकहरुमा जाने संख्या उल्लेख्य छ । ठूलो संख्यामा विदेशी अस्पतालहरुले वंगलादेशमा आफ्ना प्रतिनिधि कार्यलय स्थापना गरेर चिकित्सा पर्यटन प्रवद्र्धन गर्दै आएका छन् । यो तथ्यलाई मध्यनगर गरेर नेपालमा सुलभ र उल्लेखनीय सेवाबारे प्रवद्र्धन गर्ने कार्यक्रम सुरु गरिएको उनको भनाई छ ।
नेपाली राजदूतावासका अनुसार गत अक्टोवर ३ मा नेपाल मेडिसिटी अस्पतालका व्यवस्थापन टोलीको सहभागीतामा वंगलादेशका प्रमुख टुर कम्पनीलाई चिकित्सा पत्रकार बोलाएर अन्र्तक्रिया समेत गरेको दुतावासले जनाएको छ ।

डा.भुषालले पछिल्ला दिनमा नेपाल उपचारका लागि पनि उपयुक्त गन्तव्य बन्दै गएको बताए । ‘आँखा उपचारलगायत स्वास्थ्यका अन्य क्षेत्रमा नेपालले हाँसिल गरेको उपलब्धी निकै उल्लेखनीय छ,’ भुषालले भने, ।
निगोगका उपप्रमुख धनबहादुर वलीले राजनीतिक संक्रमणको अन्त्यपछि नेपाल विकासको चरणमा प्रवेश गरेको भन्दै स्वास्थ्य क्षेत्रमा निजी लगानीमा ठूला अस्पताल थपिने क्रम बढ्दै गएको जानकारी कार्यक्रममा गराएका थिए । ‘वंगलादेशी नागरिकका लागि नेपाल सहज र सुलभ उपचार गन्तव्य बन्नसक्छ,’ उनले कार्यक्रममा भने ।



Leave a Reply

Your email address will not be published.