तीन दिनभित्र प्रदेश ५ मा क्वारेन्टाइनका सबैको ‘द्रुत परीक्षण’
सामाजिक विकास मन्त्रालयले क्वारेन्टाइन लक्षित र्यापिड डाइग्नोस्टिक टेस्ट (द्रुत परीक्षण) सुरु गरेको छ। मन्त्रालयले प्रदेशका सबै जिल्लामा प्रयोगशालाकर्मी परिचालन गरी टेस्ट सुरु गरेको हो।
र्यापिड टेस्ट रुपन्देहीबाट सुरु भए पनि भोलिबाट प्रदेशका सबैजसो जिल्लामा टेस्ट सुरु हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहीबार विभिन्न जिल्लामा सञ्चालन गरिएका क्वारेन्टाइनमा रहेकालाई प्राथमिकता दिई र्यापिड डाइग्नोस्टिक टेस्ट व्यवस्था मिलाउन निर्देशन दिएको बताए।
उनले प्रदेश ५ मा ३ सय ६ वटा क्वारेन्टाइनमा २ हजार ५ सय ७२ जना व्यक्ति रहेको र ति व्यक्तिलाई पहिलो चरणमा र्यापिड टेष्ट गरिने बताए । हामीले तीनदिनभित्रमा क्वारेन्टाइनमा बसेका सबैलाई टेष्ट गछौं मन्त्री बरालले भने, रुपन्देहीदेखि जाँच शुरु भयो अरु जिल्लाका लागि टोली मुभ भयो । उनका अनुसार संघ सरकारबाट ५ हजार किट आएको छ ।
टेस्टको क्रममा पोजेटिभ देखियो भने आइसोलेनमा रिफर गरि स्वाव परिक्षणका लागि प्रयोगशालामा पठाउने व्यवस्था गरिने प्रदेश ५ को प्रदेश जनस्वाथ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
उनका अनुसार बिहीबार रुपन्देहीको सुद्दोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेका २१ जनाको र्यापिड डाईग्नोष्टिक टेण्ट लिइएको छ । ति सबैको रिर्पोट नेगेटिभ आएको डा. गिरीले बताए । ति नेगेटिभ रिर्पोट आउने सबैलाई एक हप्ताका लागि होम क्वारेन्टाइनमा अनिवार्य बस्ने गरी छाडिएको उनले जानकारी दिए । एक जनाको टेष्ट गर्नका लागि २५ मिनेट समय लाग्ने डा. गिरीको भनाइ छ ।
सामाजिक विकास मन्त्रालयले ४ वटा टोली बनाएर विहिवार प्रदेशका सबै जिल्लामा किट सहित टोली खटाएको छ ।
दाङ, बांके र वर्दियामा एउटा टोली खटाईएको छ भने प्युठान, रोल्पा र रुकुम पुर्वमा अर्काे टोली हिडेको छ । त्यसैगरी पाल्पा, गुल्मी र अर्खाखाचीको लागि मन्त्रालयले टोली र नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा हेर्ने गरी अर्काे टोली परिचालन गरिएको प्रदेश जनस्वाथ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र गिरी जानकारी दिए ।
खटिएका प्रयोगशालाकर्मीले सम्वन्धीत जिल्लाका प्रयोगशालाकर्मीहरुलाई अभिमुखिकरण सहित किट प्रदान गर्नेछ । प्रमुख डा. गिरीले आवश्यक परेको खण्डमा जिल्ला जिल्लामा अभिमुखिकरण दिईने जानकारी दिए ।