घरमै बसेर कोरोना भाइरसबारे चिकित्सकसँग परामर्श गर्न यी नम्बरमा कल गर्नुस्
नेपाल चिकित्सक संघले देशभरका नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ परामर्श लिनु परे फोनबाट सम्पर्क गर्न सकिने जनाएको छ। संघले विभिन्न विशेषज्ञहरूको नम्बर उपलब्ध गराउँदै घरमै बसेर परामर्श लिन सकिने जनाएको हो।
संघले एक विज्ञप्ति जारी गर्दै विभिन्न चिकित्सकहरूले विभिन्न समयमा १ घन्टाभन्दा बढी समय टेलिफोनबाट परामर्श दिनका लागि छुट्याएको जनाएको छ। संघले आकस्मिक अवस्थाहरूमा बाहेक स्वास्थ्य संस्था र अन्य भीडभाड हुने स्थानमा नजान र घरमै सुरिक्षत रहनसमेत जनतालाई आग्रह गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा विभिन्न चिकित्सकको फोन नम्बर उपलब्ध छ।