वीर अस्पतालमा गेटबाट ज्वरो नापेर मात्र प्रवेश (फोटोफिचर)
विश्वमा फैलिरहेको कोरोना भाइरसले नेपालमा त्रास बढाएको छ। वीर अस्पतालमा आउने बिरामीको ज्वरो नापेर मात्र भित्र प्रवेश दिन गर्न थालिएको छ। कोरोना नियन्त्रणको लागि अस्पताल आउने बिरामीको ज्वरो नापेर मात्र प्रवेश गर्न दिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए।
अस्पतालमा आउने बिरामी तथा कुरुवालाई नै गेटबाट ज्वरो नापेर पठाउने गरेका छौँ, डा. सेञ्चुरीले भने, ‘चिकित्सकहरुले थप कोरोनाबाट जोखिमबाट बच्न पनि परामर्श दिनुहुनेछ।’
कोरोनाको जोखिम अस्पतालमा क्षेत्रमा बढी हुने भएका अत्यावश्य सेवा लिन बाहेक नआउन डा.सेञ्चुरी बताए।
कोरोनाको त्रासका कारण अस्पताल आउने बिरामीको संख्या घट्दै गएको छ। पहिलाका दिनहरुमा दैनिक रुपमा २ हजारभन्दा बढी टिकट बढ्ने गरेकोमा आज १ हजार ओेपीडी टिकट बिक्रि भएको छ। सरकारले कोरोना संक्रमण फैलिएको अवस्थामा वीर अस्पतालमा २० वटा आइसोलेसन वार्ड छुट्याएको छ।