यस्ताे छ, महामारीसँग जुध्न नेपाली सेनाकाे तयारी

हेल्थपोस्ट नेपाल

कोरोना भाइरसको सम्भावित महामारीसँग जुध्नका लागि नेपाली सेनाले पनि आन्तरिक तयारी थालेको छ।

भद्रकालीस्थित नेपाली सेना मुख्यालय परिसरमा उसले ‘अस्थायी क्वारेन्टाइन’ बनाएको छ।

त्यहाँ ५४ वटा टेन्ट छन् र, प्रत्येक टेन्टभित्र २ जना बस्न मिल्छ।

११ ओटा मेडिकल आइसोलेसन वार्ड पनि सेनाले तयारी अवस्थामा राखेको छ।

मैदानमा ९ कलस्टर छन्। प्रत्येक क्लस्टरमा ६–६ वटा टेन्ट राखिएका छन्।

एक कलस्टरबाट अर्को क्लस्टरसम्मको दुरी १२ फिट कायम गरिएको छ र टेन्टको ६ फिट।

सेनाले प्रत्येक क्लस्टरका लागि छुट्टा–छुट्टै शौचालय तथा बाथरुमको व्यवस्था समेत गरेको छ।

नेपाली सेनाका डाक्टर तथा सेनानी लि बुढाथोकीले टेन्ट तथा आइसोलेशनका बारेमा जानकारी दिएकी थिइन् भने डाक्टर कर्णेल मुनु थापाले पिपिईको प्रयोग तथा सुरक्षित व्यवस्थापनका बारेमा जानकारी दिइन्।

आन्तरिक सुरक्षाका लागि सेनाले बनाएको स्थान आवश्यक परेमा सर्वसाधारणका लागि पनि उपलब्ध हुनेछ।



Leave a Reply

Your email address will not be published.