देशभरि ३६ जना डेंगीका बिरामी, सबैभन्दा धेरै रुपन्देहीमा
मौसम परिवर्तनसँगै नेपालमा पनि डेंगीका बिरामी देखिन थालेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका विभिन्न अस्पतालमा ३६ जना डेंगुका बिरामी भेटिएका छन्।
महाशाखाका अनुसार प्रदेश नं. १को झापामा १, मोरङमा ३ तथा सुनसरीमा २ जना बिरामी भेटिएका छन्। बाग्मती प्रदेशको नुवाकोटमा १ जना, काठमाडौंमा ३, ललितपसरमा ३, रामेछापमा १ र मकवानपुरमा १ जना बिरामी भेटिएका छन्।
त्यस्तै गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासीमा १ जना बिरामी भेटिएका छन् भने प्रदेश ५मा १४ जना बिरामी भेटिएका छन्। नवलपरासी सुस्ता पश्चिमा १ जना रुपन्देहीमा ११ जना, कपिलवस्तुमा १ र बाँकेमा एक जना डेंगीका बिरामी भेटिएका छन्। त्यस्तै सूदूरपश्चिम प्रदेशका डडेल्धुरामा १ र कैलालीमा १ जना बिरामी भेटिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार जनवरीदेखि अहिलेसम्म देशभर जम्मा ३६ जना डेंगीका बिरामी फेला परेका हुन्।