प्रधानमन्त्री ओली आज साँझ ‘डिस्चार्ज’ हुँदै

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्थ हुने भएका छन्।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले आज साँझ प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने बताएका छन्।

ओलीको मिर्गौंला प्रत्यारोपण सफल रुपमा सम्पन्न भएको बताउँदै डा. खड्काले स्वास्थ्यमा कुनै जोखिम नदेखिएकाले डिस्चार्ज गर्न लागिएको बताए।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौंला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल भर्ना भएका थिए। २१ गते प्रधानमन्त्री ओलीको मिर्गौंला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीलाई मिर्गौंला दान गर्ने भान्जी समिक्षा सङ्ग्रौला भने बुधबार नै डिस्चार्ज भइसकेकी छन्।



Leave a Reply

Your email address will not be published.