केयुमा बिहीबारदेखि, आइओएममा दसैंपछि ‘ओपनहाउस काउन्सेलिङ’

हेल्थपोस्ट नेपाल

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गत एमबिबिएस/बिडिए प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । शनिबार सञ्चालित प्रवेश परीक्षाको नतिजा आइतबार राति प्रकाशित भएको हो । एक साताअघि गत आइतबार मात्रै काठमाडौं विश्वविद्यालयअन्तर्गतको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको थियो ।

त्रिविअन्तर्गतका ७ मेडिकल कलेजका ६ सय ६१ सिटका लागि ८ हजार ८ सय ८६ जनाले परीक्षा दिएकोमा ४ हजार ५ सय ८१ ले परीक्षा उत्तीर्ण गरेका छन् । त्यसमध्ये १ हजार १ जनाले ७० प्रतिशतभन्दा माथि ल्याएका छन् । मेरिटका आधारमा भर्नामा प्राथमिकता पाउने भएकाले यसपटक कम नम्बर ल्याउनेले भर्ना पाउने सम्भावना कम छ ।

यसैगरी, काठमाडौं विश्वविद्यालयअन्तर्गत ८ सय ९० सिटका लािग गत शनिबार सञ्चालित परीक्षामा ८ हजार ६१ जना सहभागी भएकोमा ४ हजार ५ सय ७८ जना पास भएका छन् । केयुले आगामी बिहीबारदेखि नै ओपनहाउस काउन्सेलिङ गरी विश्वविद्यालयमै पैसा तिर्न लगाएर भर्ना सुरु गर्ने जनाएको छ । आइओएमको भने सुरुमा मन्त्रालयअन्तर्गतका कोटामा विद्यार्थी छनोट गरेर पठाएपछि मात्रै दसैँपछि ओपनहाउस काउन्सिलिङ गरेर भर्ना सुरु गर्ने जनाइएको छ ।



Leave a Reply

Your email address will not be published.