प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट : नरम खाना खान थाले
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालेको छ । बिहीबार अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको जानकारी दिएको हो ।
प्रधानमन्त्रीको ओलीको सबै भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए । ‘उहाँलाई आजदेखि तरलपदार्थ तथा नरम आहार दिन सुरु गरिएको छ,’ डा. खड्गाले भने, ‘उहाँको स्वास्थ्यमा अपेक्षाकृत रुपमा सुधार भइरहेको छ ।’
अस्पतालका अनुसार ओलीलाई मिर्गौलादान गर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको र उनलाई पनि तरलपदार्थ र नरम आहार दिन सुरु गरिएको छ ।