यसरी हात धुनुहोस्, भाइरसबाट सजिलै बचिन्छ
नोबेल कोरोना भाइरसका कारण अहिले पूरै विश्व त्राही त्राही भएको छ। यो भाइरसको उपचारका लागि कुनै ठ्याक्कै औषधी वा भ्याक्सिन बनिसकेको छैन।
जब भाइरस शरीरभित्र प्रवेश गर्छ अनि त्यो बेला मास्क पनि व्यर्थ हुन्छ। चिकित्सकका अनुसार भाइरसलाई शरीरमा प्रवेश नै गर्न नदिने सबैभन्दा सजिलो र सरल उपाय भनेको हात धुनु नै हो।
हामीले हात त धुन्छौं नै तर, कसरी एकदमै पूर्णतरिकाले हात धुनै भन्नेबारेमा यहाँ हात धुने पाँच चरणको बारेमा चर्चा गरिएको छ।
पहिलो चरणमा
हात सफा पानीले भिजाउनुहोस्। अनि हातमा राम्रोसँग साबुन लगाउनुहोस्। साबुन र पानी छुट्टै होइन, सँगसँगै भयो भने किटाणु हटाउनका लागि सबैभन्दा प्रभावकारी हुन्छ।
दोस्रो चरण
साबुनलाई दुई हातको बीचमा राखेर खुब रगड्नुहोस्। दुई हातका औंलाहरु आपसमा बल्झाएर केहीबेरसम्म मिच्नुहोस्। नङको भित्र, हातको पञ्जा, अगाडि, पछाडि साबुन लगाएर मिच्नुहोस्।
यसरी छालाको घर्षणका कारण किटाणुहरु नष्ट हुन्छन् र फोहोर पनि निस्किन्छ। यदि किटाणु भएपनि त्यही घर्षणमा मिचिन्छ।
तेस्रो चरण
कम्तीमा २० सेकेन्डजति हातहरु एक आपसमा औंलाहरु बीचमा बल्झाएर रगड्नुहोस्। त्यो समय मानौं दुई पटक ‘ह्पाप्पी वर्थ डे’ भन्न लाग्ने समयजत्तिकै हो।
यो कुनै जादूवाला शब्द त हैन तर, यसलाई साबुनले हात मिच्न लाग्ने कम्तीमा २० सेकेन्ड तपाईंको ध्यान एकत्रित गर्छ र त्यसबाट शुक्ष्म किटाणुहरु पनि नष्ट हुनसक्छन्।
चौथो चरण
त्यसपछि सफा पानी फेरि हातमा खन्याउनुहोस्। वा धारो खोल्नुहोस् र पखाल्नुहोस्, पखाल्दा पनि हात बेस्सरी मिच्नुहोस्। अब तपाईंको शरीरबाट लगभग शुक्ष्म किटाणुहरु पखालिएका छन्।
पाँचौं चरण
त्यसपछि एउटा सफा टवेल वा रुमालले हातलाई विस्तारै पुछ्नुहोस् वा तातो हावामा एकछिन राख्नुहोस्। चिसो हातमा भारइसहरु सजिलै पस्न पनि सक्छन्, त्यसैले तिनलाई केही बेर सुकाउन आवश्यक छ।
भाइरसको प्रतिरक्षाको लागि साबुन पानी नै सबैभन्दा सर्वाेत्तम उपाय हो। तर, यदि सेनिटाइजर छ भने पनि त्यसको केही थोपामा हातमा राखेर करिब २० मिनेट रगड्दा हुन्छ। आफ्नो पहुँच जेमा हुन्छ त्यही प्रयोग गर्दा हुन्छ।
-सिएनएनबाट