एघारौं तह बढुवाका लागि ३ जना डाक्टर सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ जना डाक्टरलाई ११ औं तहमा बढुवा लागि सिफारिस गरेको छ।
१४ फागुनमा बढुवा समितिको बसेको बैठकले ३ जनालाई सिफारिस गर्ने निर्णय गरेको सुचनामा जनाइएको छ।
बढुवा समितिले प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन डा. पिताम्बर सुवेदीलाई बढुवाको लागि सिफारिस गरेको हो ।
त्यसैगरी, प्रमुख कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्टमा डा. राम पुकार शाह र डा. अभय पोखरेललाई सिफारिस गरेको छ ।