कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. राईको बिदाइ

हेल्थपोस्ट नेपाल

विगत १७ वर्षदेखि निरन्तर कान्ति बाल अस्पतालमा कार्यरत डा. गणेश राई सेवा निवृत्त भएका छन्। उनलाई त्यहाँका स्वास्थ्य कर्मचारीले सोमबार बिदाइ गरेका छन्।

२०४६ मा परोपकार प्रसुतिगृह बाट चिकित्सा पेसा अगालेका बाल रोग विशेषज्ञ डा. राई २०५९बाट निरन्तर कान्ती बाल अस्पतालमा थिए।
६० वर्षे उमेर हदका कारण सेवा निवृत्त भएका डा. राईले अब निजी अस्पतालहरुमा सेवा सुरु गर्ने बताए।

कान्ती अस्पतालमै उनी निर्देशकसम्म भएका थिए। एउटा जागिरे डाक्टर हुँदै अस्पतालको निर्देशकसम्मको सेवाअवधिमा आफूले सकेजति सुधारका कामहरु गरेको उनले बताए। ‘मैले राम्रो काम गरेँ भनेर, कहिल्यै प्रचार गर्न चाहिनँ’ उनले भने ‘काम गरेर मैले प्रचार कहिल्यै गरिनँ। बरु नराम्रा कुराहरु बाहिर ल्याएँ ताकि, ति सुधार हुन सकून्।’

हरेक स्वास्थ्यकर्मीले आफूले काम गर्ने अस्पताललाई मन्दिरका रुपमा लिनुपर्ने उनले बताए। ‘कान्ति बाल अस्पताललाई सरवस्तीको मन्दिरको रुपमा हेरेको छु’ डा.राई भन्छन्, ‘यही अस्पतालले गर्दा डा.गणेश राई भनेर चिनिएको छु।’

‘अस्पतालको नाम लिएर अन्य ठाउँमा गएर काम गर्ने प्रवृतिले अस्पतलालाई ठूलो अन्याय हुन्छ, राईले भने, ‘पहिलो स्वार्थको रुपमा कान्ति अस्पतालाई सोचियो भनेमात्रै अस्पतालको विकास हुनसक्छ।’
त्यसैगरी, ७ महिनासम्म निर्देशकको जिम्मेवारी वहन गरेका डा. आरपी विच्छालाई पनि अस्पतालले बधाई ज्ञापन गरेको छ ।

बधाई कार्यक्रममा समावेश हुँदै गर्दा डा. विच्छाले अस्पतालमा सेवा सुचारु भएका कामलाई निरन्तरता दिनका लागि नवुनियक्त निर्देशक डा. कृष्ण पौडेललाई सुझाव दिए।
कार्यक्रममा नवनियुक्त निर्देशक डा. कृष्ण पौडेललाई पनि स्वागत गरिएको थियो।



Leave a Reply

Your email address will not be published.