शरीरमा रगत कम भए के हुन्छ?
एजेन्सी । शरीरमा रगतको कमी हुँदा थुप्रै रोगले संक्रमण गर्ने खतरा हुन्छ।
महिलाहरूमा सबै भन्दा बढी रगत कम हुने समस्या हुन्छ।
खुनको कमी हुने समस्यालाई एनीमिया भनेर चिनिन्छ। शरीरमा आइरनको कमी हुँदा रगत उत्पादन कम हुन्छ ।
एनीमियाका हुनुको कारण हाम्रो अनियमित जीवनशैली र खानपान हो । जब हाम्रो शरीरमा एनीमियाको कमी हुन्छ हामीले बुझ्नुपर्छ की हामी एनीमियाको शिकार भयौं ।
एनीमियाका लक्षण हामी सजिलैसँग चिन्न सक्छौं। एनीमिया हुँदा हाम्रो शरीर जतिबेला पनि थाकेजस्तो हुन्छ। उठ्दा बस्दा रिगटा लाग्नु वा बेहोस् हुनु पनि एनीमियाको लक्षण हो। एनीमिया हुँदा स्वास लिन पनि गाह्रो हुनेगर्छ।
शरीरमा रगतको कमी हुँदा अलिकति हिड्दा पनि थकान लाग्नुका साथै स्वास्वा हुने गर्छ। एनीमियाबाट बच्नका लागि सबै भन्दा राम्रो तरिका भनेको आहारमहा परिवर्तन ल्याउनु हो।
आहारहा हरियो साग खाने गर्नुपर्छ। यस्तै चुकन्दर, गाजर, टमाटर र पत्तेदार साग बढी मात्रामा खाँदा एनीमियाको समस्याबाट समाधान छुट्कारा पाउन सकिन्छ।
शरीरमा आइरनको मात्रा बढाउनका लागि लोहाको कडाईमा खाना पकाउनु पर्छ। क्याल्सीएमको मात्रा बढी नलिने र एनीमियाको लक्षण देखिनासाथ डाक्टरसँग सल्लाह गरिहाल्ने।