बालबालिकामा कडा मानसिक विचलन ‘अटिज्म’
कडा मानसिक विचलन (अटिज्म) भएका बच्चा प्रायः एक्लै बस्ने, खेल्ने गर्छन् । खासगरी अन्य मानिससँग नबोल्ने, कसैले केही सोध्दा उत्तर नदिने र अरुको वास्तै नगर्ने हुन्छन् । कुनै खतरापूर्ण कुराको पनि यस्ता बालबालिकालाई कुनै परवाह हुँदैन ।
कतिपय बालबालिका हात तथा खुट्टा हल्लाइरहने वा एकोहोरो ओहोर–दोहोर गरिरहने हुन्छन् । आमा, बुबा, साथीभाइ कसैसँग पनि रमाउँदैनन् । उनीहरु एक्लै खेल्न रुचाउने गर्छन् । अरुको आँखामा आँखा जुधाउन सक्दैनन् ।
यो रोग भएका बच्चामा बोली फुट्न पनि ढिलो हुन्छ । कतिपय बालबालिकाको करिब २ वर्षसम्म सबै विकास हुन्छ । त्यसपछि मानसिक विकास पूर्ण रुपमा रोकिन्छ ।
अटिज्म भएका बच्चा–
प्रायः एक्लै बस्ने, खेल्ने गर्छन्, केही सोध्दा उत्तर दिँदैनन् ।
अरुको वास्तै गर्दैनन्, खतरापूर्ण कुरालाई पनि बेवास्ता गर्छन् ।
कोही हात–खुट्टा हल्लाइरहने एकोहोरो ओहोर–दोहोर गरिरहने हुन्छन् ।
आमा, बुबा, साथीभाइ कसैसँग पनि रमाउँदैनन्, एक्लै खेल्न रुचाउँछन् ।
अरूको आँखामा आँखा जुधाउन सक्दैनन्, रिसाएको र खुसी भएको थाहै हुँदैन ।
शब्द प्रयोगमा गल्ती गर्छन्, एउटै शब्द दोहो-याउँछन् ।
देखासिकी गर्दैनन्, कोही म्युजिकमा भुल्छन् त कोही झगडा गर्छन् ।
एउटै शब्दलाई दोहोर्याउने, सोधेका कुराको उत्तर नदिने, शब्द प्रयोगमा गल्ती गर्ने गर्छन् । खेलौना दिँदा पनि आफ्नै तरिकाले खेल्छन् । अरुको देखासिकी गर्दैनन् । उनीहरु खुसी भएको वा रिसाएको अरुलाई थाहै हुँदैन । यस्ता बच्चाका साथी नै हुँदैनन् ।
यो रोगपीडित केही बच्चा चकचक गर्ने पनि हुन्छन् । कतिपय बच्चा म्युजिकमा रमाउँछन् ।
करिब २५ प्रतिशत अटिज्मका बिरामीमा छारेरोग पनि देखिन्छ । करिब २५ देखि ५० प्रतिशत बच्चामा सुस्तमनस्थिति पनि पाइन्छ । कतिपयमा हात–खुट्टा उठाउन र हिँड्न नसक्ने, दह्रो नहुने, निद्रा नपर्ने पनि हुन सक्छ ।
करिब १ प्रतिशत बच्चामा यो रोग पाइन्छ । यो रोग केटीमा भन्दा केटामा बढी पाइन्छ । यो रोगमा वंशानुगत गुणको पनि ठूलो प्रभाव छ ।
वातावरणको प्रभाव, गर्भावस्थामा हुने संक्रमण, दुर्व्यसनी, बच्चा जन्मँदा हुने घाउ आदिले पनि यो रोग हुन सक्छ । यो रोग न्युरोडिभलपमेन्टल डिसअडरअन्तर्गत पर्छ ।
यो रोग पूर्ण रुपमा निको बनाउन सकिँदैन, त्यसैले बच्चाका बाबु–आमालाई काउन्सिलिङ र रोगबारे जानकारी दिनुपर्छ । केही औषधिको प्रयोग तथा साइकोथेरापीले बिरामीमा रोग बढ्न दिँदैन ।