चिकित्सक संघ निर्वाचन: शुक्रबारदेखि उपत्यकामा दोस्रो चरणको मतदान

हेल्थपोस्ट नेपाल

नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समिति चयनका लागि आज –शुक्रबार) ११ बजेदेखि काठमाडौं उपत्यका भित्रका मतदान हुँदैछ । संघको केन्द्रिय कार्यालय स्थित एक मात्र मतकेन्द्रमा २१ गते मंगलबारसम्म प्रत्येक दिन ११ बजेदेखि ४ बजेसम्म मतदान गर्न पाइने निर्वाचन कमिटीले जनाएको छ ।

गत माघ ४ र ५ गते संघका उपत्यकाबाहिरका १६ शाखामा मतदान भएको थियो । जसमा २ हजार ८ सय हाराहारी मत गरेको थियो । उपत्यकाभित्र झण्डै ७ हजार मतदाता छन् । उपत्यकाबाहिर भएको मतदानको पेटिका केन्द्रीय कार्यलयमा आइसकेको छ । संघको निर्वाचनमा पहिलोपटक प्रत्येक केन्द्रमा निर्वाचन समितिका प्रतिनिधि पुगेर प्राप्त मतलाई लाहाछापसहित, छुट्टै मतदान पेटिका बनाएर सुरक्षित गरिएको छ ।

चिकित्सकको व्यस्त कार्यतालिका मिलाएर मतदान सहज होस् भन्ने उद्देश्यले पाँच दिनसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको निर्वाचन समिटीका सदस्य डा. नविन्द्र बिष्ट बताए । मतदानका लागि आउँने चिकित्सकहरुको पार्किङको प्रवन्ध नजिकै रहेको वाल्मिकी विद्यपीठमा गरिएको संघले जनाएको छ ।

संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन्। खासगरी चिकित्सकहरु लोकतान्त्रिक र प्रगतीशील समूहका छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । जसअनुसार लोकान्त्रिक समूह वर्तमान महासचिव डा. लोचन कार्कीको नेतृत्वमा र प्रगतीशील समूह डा. पुष्पमणि खरालको नेतृत्वमा चुनावी मैदानमा छ । दुई प्यानलबाहेक महासचिवमा प्रगतीशील समूहबाट टिकट नपाएपछि असन्तुष्ट बनेका थप दुई जनाले उमेदवारी दिएका छन् ।

लोकतान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहकोषाध्यक्षमा डा. विश्वाराज दवाडी र सहसचिवमा डा. निरजकुमार सिंह मैदानमा छन् । सदस्यहरुमा लोकतान्त्रिक समूहबाट डा. विक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दकुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सञ्जिव तिवारी रहेका छन्।

प्रगतीशील समूहले अध्यक्षमा डा. खराल, बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा सुरुमा स्वतन्त्र उमेदवारी दिएका डा. सञ्जितकुमार साहलाई नै पछि प्यानलमा राखेर मैदानमा उतारेको छ । प्रगतीशील समूहबाट सहसचिवमा डा. सैलेन्द्र झा, सहकोषाध्यक्षमा डा. उदयनारायण सिंह मैदानमा छन् ।

महासचिवमा बस्नेतसहित डा. अजय कुमार मिश्र, डा. दीपेन्द्र पाण्डेले उमेदवारी दिएका छन् । दुबै प्रगतीशीलबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका उमेदवार हुन्। प्रगतीशीलबाट सदस्यका लागि डा. दिपकप्रसाद कोइराला, डा. जगदिशचन्द्र विष्ट, डा. लिजन महर्जन, डा. राकेश कुमार साह, डा. सुमान काफ्ले र डा. त्रिभुवन चन्द्र झा रहेका छन्। तीबाहेक स्वतन्त्र रुपमा सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।

निर्वाचनको केहीदिनअघि हेल्थपोस्ट नेपालसँग कुरा गर्द अध्यक्षका प्रत्याशी डा. लोचन कार्कीले आफूले एक दशकदेखि संघका विभिन्न जिम्मेवारीमा रहेर गरेको कामका आधारमा जित्ने र संघलाई थप सशक्त बनाएर लैजाने विश्वाससमेत व्यक्त गरे । कार्कीले शुक्रबार विहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् मतदानका लागि आग्रह गरेका छन् ।

एचनएमए निर्वाचनसम्बन्धी थप समग्रीका लिंक पनि हेर्नुस्

चिकित्सक संघ निर्वाचन : कांग्रेस, कम्युनिस्ट र केसी फ्याक्टर निर्णायक, को बलियो ?



Leave a Reply

Your email address will not be published.