बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको आवेदन

हेल्थपोस्ट नेपाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ६ माघमा प्रतिष्ठानको उपकुलपतिका लागि इच्छुकहरूको आवेदनसहितको विवरण माग गरेको थियो ।

१६ जनामध्ये ८ जना प्रतिष्ठानभित्रा रहेका छन् बाँकी ८ जना प्रतिष्ठान बाहिरका रहेका छन् । आवेदन दिनेमा डा. गुरु खनाल, डा ज्ञानेन्द्र गिरी, डा. नारायण बिक्रम थापा, डा. सञ्जिब शर्मा,डा. विक्रमप्रसाद श्रेष्ठ, डा.गेहनाथ बराल, डा रोजन्द्रप्रसाद साह रहेका छन् । त्यसैगरी, डा.बिएन यादव, डा प्रल्हाद कार्की, डा. सिएस अग्रवाल, डा. अनिल मिश्र,डा. आरपी बिच्छा, डा. गजेन्द्रप्रसाद रौनियार,डा. पारसकुमार पोखरेल र डा बद्रीप्रसाद बडु रहेका छन् ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशिक्षा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्साशिक्षा क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान तथा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभवप्राप्त व्यक्तिले मात्र आवेदन भने पाउने व्यवस्था गरिएको थियो ।



Leave a Reply

Your email address will not be published.