स्वास्थ्यमा अधिकृतस्तरका ४ कर्मचरीको सरुवा, २ को जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ । आइतबार सचिवस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरिएको हो । स्वास्थ्यसचिव खगराज बरालले ४ कर्मचारीको सरुवा र २ जनाको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका उपसचिव भानुभक्त न्यौपानेलाई राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा सरुवा गरिएको छ । अर्का उपसचिव इन्द्र गौतमलाई स्वास्थ्यसेवा विभागमा पठाइएको छ । त्यसैगरी, कर्मचारी प्रशासनको जिम्मेवारी उपसचिव प्रमोद सिम्खडालाई दिइएको छ । आन्तरिक प्रशासनमा कृष्ण लम्साललाई पठाइएको छ ।

त्यसैगरी, औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीलाई स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयकी संगीता साहलाई औषधि व्यवस्था विभागमा पठाइएको छ । क्षेत्रीले यसअघि केही महिना निमित्त महानिर्देशकका रूपमा औषधि व्यवस्था विभागको नेतृत्व गरेका थिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर गर्नुपर्ने भएको बताउँदै आएका थिए ।



Leave a Reply

Your email address will not be published.