बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा आवेदनका लागि ५ दिनको म्याद
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ । सोमबार मन्त्रालयले सूचना निकाल्दै प्रतिष्ठाको उपकुलपतिका लागि इच्छुकहरूको आवेदनसहितको विवरण माग गरेको हो ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशिक्षा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र चिकित्साशिक्षा क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान तथा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभवप्राप्त व्यक्तिले आवेदन दिन सक्नेछन् ।
मन्त्रालयले उपकुलपतिका लागि नाम सिफारिस गर्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार उपकुलपति बन्न इच्छुकले मन्त्रालयमा ५ दिनभित्र विवरण पठाउनुपर्नेछ ।