किन बग्छ आँखाबाट आँशु ?

हेल्थपोस्ट नेपाल

आँखा धमिलो देखिने, अप्ठ्यारो हुने तथा आँशु गालामा बगिरहने अवस्थलाई आँशु बगिरहने अवस्था भन्छन् । यो २ किसिमको अवस्थामा आँशु बग्ने हुन्छ । १. बढी आँशु बगेमा २. आँशु बग्ने बाटो बन्द भएमा । आँशु ग्रन्थीमा बढी मात्रामा उत्तेजित भएमा आँसु बढी आउँछ । आँशु बग्ने कारणहरुलाई निम्नअनुसार छन् ।
. मनोजन्य उत्तेजना : रुँदा र हाँस्दा ।
२. कर्निया वा कन्जुक्टाइभामा इरिटेशन भएमा, सुजन भएमा, पिरो भएमा, धुँवा भएमा ।
३. हाइ गर्दा, खोकी लाग्दा,रुघा लाग्दा, उल्टी हुँदा ।
४. चहकिला उज्यालोमा पनि आँसु आउने गर्दछ ।
आँशु बग्ने बाटो बन्द भएमा :
१. जन्मजात बाटो बन्द भएमा
२. क्यानालीकुलाइटिस, डाक्रोसिस्टाइटिस, आँशु ग्रन्थीमा क्यान्सर भएमा ।
३. नाकका रोगहरु :  पोष्लिप, ट्युमर ।
४.लैक्रमिल पम्प फैलियर : बैल्स पाल्सी एक्टेपियन ।
मुल्याङ्कन
१. आँशु नली बन्द भएकोमा एकापट्टीको आँखाबाट मात्र आँशु बग्छ । यो कुनै पनि इरिटेशनसँग सम्बन्धित हुँदैन । चिलाउँदा वा प्रकाशसँग पनि सम्बन्धित हुँदैन ।
२. बेल्स पिल्सको वृत्तान्त बढी महत्वपुर्ण छ । यसले लेक्रिमल पम्प फेल भएको जनाउँदछ ।
लक्षणहरु : रातीको बेलामा र बिहान उठ्ने बित्तिकै बढी आँखा सुख्खा हुन्छ । आँखा बिझाउने, आँखामा बालुवा परेको जस्तो हुने, एकछिन आँखा तिरमिराउने, म्यूकस, उज्यालोमा हेन नसकिने, हावा सहन नसक्ने हुन्छ ।
विशेष परीक्षण :
१. कोठाको तापक्रम घटाउने
२. गगल्स लगाउने
३. आँशुको बदला कृक्रिम आँशु राख्ने
उपचार
१० पटक दिनमा ४ पटकका दरले औँलाले कोषबाट नाकसम्म चोर औँलाले थिच्दै मालिस गर्ने । यो प्रक्रिया अपनाउँदा ६ महिनासम्ममा सुधार हुन्छ । कुनै सर्जनले १ वर्षसम्म पनि मालिस गर्न सल्लाह दिँदै आएका छन् । एन्टिवायोटिक्समा सल्फासेटामाइक वा क्क्लोरामफेनिकल प्रयोग गरिन्छ । ९०–९५ प्रतिशतसम्म यो प्रविधिबाट ठीक हुने गरेको विज्ञ बताउँछन् । यदि ठीक नभएमा १०–१२ महिनाको उमेरमा पुरै बेहोस गरेर प्रोविङ्ग गरिन्छ । प्रोविङ्गबाट पनि ठीक नभएमा सीलिकन ट्युब ६ महिनासम्म राखिन्छ ।
आशुँ बगिरहने उपचार नगरे के हुन्छ त ?
१. दीर्धकालीन कन्जुक्टिभाइटिस
२. एक्कासी वा दीर्घकालीन कन्जुक्टिभाइटिस
३. लेक्रिमल एब्सेस
४. अर्विटल र फेसियल सेलुलाइटिस
५. लेक्रिमल ओष्टीओमाइलेटिस
. कर्नियल अल्सर



Leave a Reply

Your email address will not be published.