चिकित्सक संघमा महासचिवका स्वतन्त्र उम्मेदवार डा. पाण्डेको २५ बुँदे प्रतिबद्धता
नेपाल चिकित्सक संघ (एनएमए) को २८औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि कुनै प्यानलमा नबाँधिईकन स्वतन्त्र रूपमा महासचिवमा उम्मेदवारी दिएका डा. दीपेन्द्र पाण्डेले २५ बुँदे विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन् । सरकारी चिकित्सक संघ (गोदान) को नेतृत्व गरिरहेका डा. पाण्डे आफू स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिनुको औचित्य र आवश्यकतालाई २५ बुँदामार्फत मतदातामाझ पुष्टि गर्ने प्रयास गरेका छन् । मंगलबार राजधानीमा पत्रकारसम्मेलन गर्दै डा. पाण्डेले आफू निर्वाचित भएपछिको कार्ययोजनासहित विस्तृत प्रतिबद्धता मतदातामाझ प्रस्तुत गरे ।
डा. पाण्डेले चिकित्सकको छाता संगठनका रूपमा रहेको एनएमएमा कुल चिकित्सकको कम्तीमा ७५ प्रतिशतलाई आबद्ध गराउने प्रतिबद्धता जनाएका छन् । नेपाल मेडिकल काउन्सिलमा २६ हजारभन्दा बढी चिकित्सक दर्ता भएकोमा छाता संघमा जम्मा १० हजार ८ सय ९० चिकित्सक मात्र आबद्ध छन् ।
त्यस्तै, चिकित्सकको प्रेस्क्रप्सनविना ओभर द काउन्टर औषधिबाहेकका औषधि कसैले विक्री–वितरण गर्न नपाउने व्यवस्थाको कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता डा. पाण्डेले अघि सारेका छन् ।
१० वर्षभन्दा बढी समयदेखि चिकित्सा क्षेत्रमा आबद्ध भई काम गरेको अनुभव भएकाले चिकित्सकका धेरै समस्याबारे आफू जानकार भएका कारण समाधान गर्न पनि आफू समक्ष भएकैले महासचिवमा उम्मेदवारी दिएको डा. पाण्डेले बताए । संघमा अनियमितता रहेको आरोप लगाउँदै डा. पाण्डेले आफू निर्वाचित भए संघका आर्थिकलगायत गतिविधिलाई पारदर्शी बनाउने बताए ।
‘संघमा आर्थिक अनियमितता देखेको छु,’ डा. पाण्डेले भने, ‘संघको वार्षिक लेखापरीक्षण प्रतिवेदन डिजिटल प्लेटमर्फमार्फत पारदर्शिता देखाउनेछु ।’
गोदानको अध्यक्षमा जिम्मेवारी लिएर काम गर्दा युवा चिकित्सकहरूको समस्या समाधान गर्ने कोसिस गरेको हुनाले आज युवादेखि अग्रज चिकित्सकले आफूलाई समर्थन गरेको डा. पाण्डेले बताए । ‘युवा चिकित्सकको साथ र अग्रजको आशीर्वादले उम्मेवारी दिएको छु,’ डा. पाण्डेले भने, ‘चिकित्सकका समग्र समस्या समधान गर्ने आँट र क्षमतासहित अगाडि बढेको छु, सबैको साथ पाएकाले जित सुनिश्चितजस्तै भएको छ ।’
संघको २८औँ कार्यकारिणी समितिका लागि माघमा हुने निर्वाचनमा १३ पदका लागि ३० उम्मेदवार मैदानमा छन् । लोकतान्त्रिक र पेसागत समावेशी नाममा स्पष्ट दुई प्यानलमा विभक्त भई १३–१३ जनाले उम्मेदवारी दिएका छन् भने ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । महासचिवमा २ र सदस्यमा २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका डा. पाण्डे चुनाव प्रचारमा व्यस्त छन् ।
यस्तो छ डा. पाण्डेको २५ बुँदे चुनावी प्रतिबद्धता–
१) चिकित्सकहरुले लामो समयदेखि उठाएका थ्री एसको मुद्दा
क) स्यालरी : हाल राज्यद्धारा तोकिएको शैषिक शुल्क तथा अन्य लगानी ,पेशाको संवेदनशिलता, return of investment, risk benefit आदीको आधारमा वैज्ञानीक किसिमले चिकित्सकको न्यूनतम पारिश्रमिक निधाएरणको लागि
ख) सेक्युरिटी : छिन्न भिन्न रहेको चिकित्सकहरुलाई एकजुट बनाउन सफल जेल विथवाउट बेलको नारालाई नारा र कानुनमा मात्र सीमित नगरि तत्कालै व्यवहारमा उतार्नको लागि
ग) स्पेसियलाइजेसन : विगत लामो समयदेखि उठेको कलेज अफ फिजिसियन एण्ड सर्जन अफ नेपाल लगायतका अवधारणालाई सम्बोधन हुने गरी चिकित्सा शिक्षा ऐनद्धार गठित नेश्नल बोर्ड अफ मडिकल स्पेशलिटीलाई तत्कालै कार्यान्वयनमा ल्याउनको लागि।
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई प्रादेशिक अस्पतालसम्म् विस्तारित गरी नेपाल मेडिकल काउन्सिलले प्रक्षेपण गरे नुरुप आगामी तीन वर्ष भित्र पिजी सिट संख्यालाई तीन गुण बढाउनको लागि ।
२) चिकित्सक संघ सदस्य संख्या कुल चिकित्सकको कम्तिमा ७५ प्रतिशत बनाउने उद्देश्य लिई २०२० लाई NMA membership campaign वर्षको रुपमा घोषणा गरी membership drive को अभियानको लागि
३) अनलाइन एप्लिकेसनबाट सहज ढंगले संघ सदस्य बन्ने प्रकृयाको लागि
४) सहज र वृहत निर्वाचन प्रक्रियाका लागि अनलाइन भोटिङ सफ्टवेयर तयार पारेर प्रयोगमा ल्याउनको लागि
५) अनिवार्य छात्रवृत्ति करारका चिकित्सको हकमा वृत्ति विकासमा नमारात्मक असर पार्ने व्यवस्थाहरु खरेज गरी उच्च शिक्षाको अधिकार लगायतका समुचित रसम्मनित व्यवस्थाको पहल गर्नको लागि
६) आवासिय लगायतका साबै चिकित्सकको वैज्ञानिक ड्युटी आवर निर्धारणका लागि
७) प्रोफेसनल मेडिकल जर्नालिजमको अनिवार्य व्यवस्थाको लागि नेपाल प्रेस काउन्सिल र राज्यसँग दवाव दिनको लागि
८) २०७१ म तोकिएको चिकित्सकहरुको परामर्श शुल्क अवैज्ञानिक भएकोले मुद्रास्फिती, मुल्यवृद्धि, औजार/उपकरणको कर वृद्धि, शैक्षिक शुल्कको वृद्धि, आयकर वृद्धि आदिलाई मध्यनजर गरी सो परामर्श शुल्क वैज्ञानिक र चलामान बनाउको लागि
९) नेपाल सरकारले विभिन्न समस्यामा घोषण गर्ने तर लागु नगर्ने नीतिका कारण लामो समयदेखि लोक सेवा आयोगमा चिकित्सकहरुको दरबन्दी नबढेकोमा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच आवश्यक सहकार्य गर्दै फास्ट ट्र्याकमा संगठन तथा व्यवस्थापन सर्वे गर्न दवाव दिई चिकित्सकको दरबन्दी थप गर्नको लागि।
१०) संघका प्रत्येक शाखामा चिकित्सकलाई कुनै पनि समस्या हुँदा तत्काल सम्बोधन हुने गरी र्यापिड रेस्पोन्स टिम गठन गर्न र सो टिमलाई चाहिने श्रोत साधन ,तालिमको व्यवस्थाको लागि पहल गर्ने
११) संघको कार्यकारी समितिलाई नेपालको संविधान २०७२ बमोजिम संघिय तथा समाबेशी बनाउने साथै विधान संसोधन गरी संघको सदस्य भएकै दिनबाट कार्यकारी समितिको निवार्चनमा उम्मेद्धारी दिन सक्ने व्यवस्था बनाउनको लागि
१२) राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको कार्यन्वयन गर्न चिकित्सकले खेल्ने भूमिकाको कदर स्वरुप सबै चिकित्सक र चिकित्सको परिवारलाई राजयले निशुल्क स्वास्थ्य सेवा बीमाको व्यवस्था गराउनको लागि
१३) रिसर्च सम्बन्धि पुस्तक, जर्नल, आर्टिकल आदि आफ्नो सदस्यहरुलाई नि:शुल्क र सहज पहुँचको लागि एनएमए डिजिटल जर्नल बनाउनको लागि।
१४) चिकित्सक संघ अन्तर्गतको जुनियर डाक्टर्स कमिटीलाई विधान मार्फत आर्थिक र प्रशासनिक सांस्कृति,खेलकुद,सामाजिक गतिविधि लगायतका विभिन्न कार्यक्रम संचालनको लागि
१५) हरेक दुई वर्षमा चिकित्सक संघले देशको स्वास्थ्य क्षेत्र,नीति नियबारे आफ्नो अवधारण पत्र सार्वजनिक गर्नका लागि।
१६) चिकित्सक संघको केन्द्रीय र प्रादेशिक कार्यसमितिमा एकल नेतृत्वको विकल्पमा सामुहिक नेतृत्वको अवधारणको विकासको लागि
१७) नेप्लिज डक्टर्स डेलाई नेपाली चिकितसक समुदायको एउटा भव्य उत्सवको रुपमा मनाउन र आमसर्वसाधारण नेपालीको माझ चिकित्सकको साख र मर्यादा पुनस्र्थापना गर्ने दिवसको रुपमा सदुपयोग गर्नको लागि।
१८) विदेशी चिकितसक संघहरुसँग दिपक्षीय र बहुपक्षीय सम्बन्ध स्थापना र विकास गरी डक्टर एक्सचेन्ज प्रोगाम, तालिम, सेमिनार, रिसर्च लगायतको कार्य अघि बढाउनको लागि।
१९) चिकित्सकको प्रेस्किप्सनबिना ओभर द काउन्टर औषधि बाहेकका औषधि कसैले बिक्री वितरण गर्न नपाईने व्यवस्थाको कार्यन्वयनको लागि।
२०) चिकित्सा शिक्षाको स्नातकोत्तर वा सोभनदा माथि अध्यान गर्नको लागि सहुलियतपूर्ण शैक्षिक ऋणको व्यवस्था तत्काल कार्यान्वयन गर्न दवावको लागि।
२१) संघको वार्षिक लेखा परीक्षणको प्रतिवेदन डिजिटल प्ल्याटफर्म मार्फत सम्पूर्ण सदस्यलाई उपलब्ध गराउनको लागि ।
२२) संघ लामई एक बलियो तटस्थ व्यवसायिक गठनको रुपमा अघि बढाउनको लागि
२३) संघ बाट प्रदान गरिने विभिन्न छात्रवृत्त्तिहरुको दायरा बढाउन र पारदर्शी किसिमले ती छात्रवृति प्रदान गर्नका लागि ।
२४) संघ बाट आन्तरिक र बाह्य श्रोत जुटाएर अनुसन्धान कोषको व्यवस्था गर्नका लागि
२५) संघ अन्तर्गतका सब स्पेसियालिटी कमिटी मार्फत स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी ट्रिटमेन्ट प्रोटोकल र क्लिनिकल गाइडलाइन बनाई कार्यान्वयनमा ल्याउनको लागि।