सबैथोक पाउने व्यक्ति खुसी हुन सक्ला, तर सबैथोक छोड्न जान्ने व्यक्ति मात्र सुखी हुन सक्छ

हेल्थपोस्ट नेपाल

बुद्धसित एक राजाले सोधे, ‘मेरो राजकुमार तानावमा रहिरहने र डराउने कारण के हो ?’ बुद्धले भने, ‘तपाईंको सम्पत्ति नै सबैभन्दा ठूलो समस्या हो जसका कारण राजकुमारले सुखको अनुभव गर्न पाइरहेका छैनन् ।’

प्रचलित बौद्ध कथा छ
शान्तिका अग्रदूत गौतम बुद्धछेउ एक राजा आएर सोधे– हाम्रो राजकुमार जसलाई हरतरहका सुविधा छन्, जो ठूलो महलमा बस्छ, जोसित नोकर–चाकरको पूरै फौज छ, तर ऊ खुसी छैन । ऊ हरपल तनाव र चिन्ताले घेरिएको देखिन्छ । मैले उसलाई सबै किसिमका सुविधा दिएर हेरेँ तर ऊ प्रशन्न हुन सकिरहेको छैन । जब कि, तपाईंका यी भिक्षु जो पदयत्रा गर्छन्, जे मिल्छ त्यही खान्छन्, जस्तो कुटी मिल्छ त्यहीँ रहन्छन्, तर यिनको मुहारमा सदैव खुसी रहन्छ । यसको कारण के हो ?

छुट्नु र छोडिदिनु, यी दुईमा ठूलो अन्तर छ । छुट्नु वा छुट्ने सोचले हामीलाई डराउन सिकाउँछ, जब कि छोडिदिनु वा छोड्ने संकल्प लिनुले हामीलाई आत्मविश्वास र प्रशन्नताले भरिदिन्छ ।

बुद्धले उत्तर दिए– यदि खुसी खोज्छौ भने उसमा खोज जोसँग केही पनि छैन । जसले संकल्प गरेर सबैथोक छोडिदियो, उही नै खुसी रहन सक्छ । जो स्वेच्छाले चिजबिजलाई त्याग गर्छ, उही नै सदैव प्रशन्न रहन सक्छ । भिखारी कहिल्यै खुसी हुन सक्दैन, किनकि उसले छोडेको हुँदैन । ऊ त अभावमा पनि जीवन बाँचिरहेको छ । अभावको जीवन बाँच्नेवाला कहिल्यै खुसी हुन सक्दैन, चिन्ताले उसलाई सधैँ घेरिरहन्छन् । जसले जानी–बुझी छोडेको छ, ऊ खुसी हुन सक्छ ।

यी दुई भिन्न कुरा हुन्– एक छोड्नु, एक छुट्नु । यसरी नै तपाईंको राजकुमार सबै सुविधाले परिपूर्ण छन्, तर उनको मनमा ती सुविधा छुट्ने डर रहिरहन्छ । छुट्नु र छोडिदिनु, यी दुईमा ठूलो अन्तर छ । छुट्नु वा छुट्ने सोचले हामीलाई डराउन सिकाउँछ, जब कि छोडिदिनु वा छोड्ने संकल्प लिनुले हामीलाई आत्मविश्वास र प्रशन्नताले भरिदिन्छ ।
जसलाई कुनै चिज मिलेको छैन भने त्यसको त्याग गर्न सकिँदैन । त्यागी त्यो हुन्छ, जो आफ्नो स्वतन्त्र मनले त्याग गरिदेओस् । साधन–सुविधासम्पन्न व्यक्ति पनि खुसी रहन सक्दैन, उसलाई धन वा पैसाको सुरक्षाको चिन्ताले सताउँछ । ऊ सधैँ भयभीत हुन्छ । निडर मात्र ऊ नै हुन सक्छ, जसले स्वेच्छाले त्याग गरेको छ ।

राजालाई आफ्नो जिज्ञासाको समाधान मिल्यो ।



Leave a Reply

Your email address will not be published.