प्रदेश ५ का तीन अस्पतालको अध्यक्ष नियुक्त
प्रदेश नंं ५ सरकारको बैठकले विभिन्न अस्पतालका अध्यक्ष एवं सदस्यहरुलाई नियुक्त गरेको छ । सरकारले बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठ, पाल्पा अस्पतालको अध्यक्षमा नेत्र प्रसाद पाण्डेय, रामपुर अस्पालको अध्यक्षमा बासुदेव शर्मालाई बैठकले नियुक्ती गरेको हो ।
यसैगरी पृथ्वी चन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई महिला सदस्यमा नियुक्ती गरिएको मन्त्री गिरीले जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले विज्ञापन तथा तत् सम्बन्धी व्यवसाय नियमन गर्न र विज्ञापन कर संकलन गर्न बनेको विधेयक स्वीकृत गरेको जनाएको छ ।
बैठकले रुपन्देही र बाँकेमा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय गरेको उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बताए ।